'एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा संसद् पुनःस्थापना गरिएको भन्ने सुनिन्छ'
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले भारतको स्वार्थ र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिएकाे बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद् सुवालले कालापानी लगायतका भूमिमा नेपालले कहिल्यै दाबी नगर्ने र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना भएको भन्ने अनुमान गरिएको बताए।