७ आश्विन २०८१ सोमबार
image/svg+xml

न्याय तुहाउने अपराधीलाई फाँसी

शृंखलाबद्ध हत्या र बलात्कारको अभियोगमा दोषी ठहरिएका चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशका ५६ वर्षीय चाहो चिहोङलाई मृत्युदण्ड दिइएको छ। ६ जनाको हत्या र १० महिलासहित दुईजना १४ वर्षमुनिका बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका चाहोलाई मंगलबार बिहान मृत्युदण्ड दिइएको हो।

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन्। सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।

बडालको चेतावनीः ब्याजदर नघटाए आत्महत्या गर्ने अवस्था आउन सक्छ

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशत भन्दा कम बनाउन नहुने बताएका छन्। नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने दावी गरे।

अर्कै केटासँग प्रेम रहेकाे थाहा पाएपछि हत्या गरेर फरार लामा १२ वर्षपछि समातिए

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ। ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो।

‘आर्टिकल १५’ जस्ता चलचित्रको खोजीमा

गत माघ १८ गते सर्लाहीको कविलासी नगरपालिका–७ सिरसियाकी १५ वर्षीया संझाकुमारी मुसहरको बलात्कारपछि हत्या भएको अभियोगमा स्थानीय विनय राय र चुनचुन रायविरुद्ध मृतककी आमा फूलकुमारीले माघ २६ गते इलाका प्रहरी हरिपुरमा जाहेरी दिएकी थिइन्। पीडकलाई अझै पक्राउ गरिएको छैन।

३ वर्षअघि हत्या गरी फरार अभियुक्त पक्राउ

आफ्नै साथीको हत्या गरेर भागेको ३ वर्षपछि उदयपुरका एक फरार अभियुक्त पक्राउ परेका छन्। सामान्य विवादमै आफ्नै साथी त्रियुगा नगरपालिका ५ श्रीपुरका ३५ वर्षीय मोहन बुढाथोकीको हत्या गरी फरार रहेका होमबहादुर कार्की भर्खरै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

के साँच्चिकै यो देशमा न्याय हराएकै हो त ?

निर्मला हत्या प्रकरणको आज एक वर्ष पूरा भएको छ। तर, अहिलेसम्म न हत्यारा पत्ता लाग्यो न त निर्मलाका परिवारले न्याय पाए। २०७५ साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला पर्यो। १० वर्षीया उनको शवमाथि धेरैले राजनीति गरे। सरकार र प्रहरीका विरुद्ध नाराबाजी गरिए। तर, हालसम्म पनि हत्यारा भने पत्ता लागेको छैन।

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या, न्याय माग्दै सांसदले भेटे परराष्ट्रमन्त्री

भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिका १ कुडी घर भएकी ९ वर्षीया बालिका लक्ष्मी चदाराको दिल्लीस्थित सक्कपुरमा गत शुक्रबार दिउँसो बलात्कारको प्रयासपछि हत्या गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए।

‘निर्मलाकी आमालाई प्रभावमा पार्न प्रयास भयो’

नेपाल मानव अधिकार संगठनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ।

राज्य संयन्त्र चुक्दा मिलेन न्याय

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन।

विप्लव समूहलाई नियन्त्रणमा लिन सफल भयौंः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए।

२० वर्षपछि हत्यारा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका–११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो।

उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका त्रिविका पूर्वकर्मचारीद्वारा आत्महत्या

उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्।

जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या

दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्