coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

चिसो बढेपछि महोत्तरीमा पनि विद्यालय बन्द

चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन्।

सुदूरपश्चिममा चल्यो शीतलहर: अत्याधिक चिसोले जनजीवन कष्टकर

लगातारको शीतलहरले गर्दा पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ। पश्चिमी तराईमा लगातारको कुहिरो र शीतलहरले गर्दा सर्वसाधारण मर्कामा परेका छन्।

जाडो बढेपछि रौतहटका विद्यालयहरु बन्द गरिँदै

एकै दिन रौतहटका पाँच पालिकाले सामुदायिक विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेका छन्।

शीतलहर र हिमपातको जोखिमबाट बच्न मन्त्रालयको आग्रह

यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीतलहरको चपेटामा मधेसका विपन्न बस्ती

मधेसका दुर्गम क्षेत्रमा मंसिरको मध्यबाटै बिहान–साँझ चिसो सुरु भएर पुसदेखि ह्वात्तै बढ्छ। पुसको सुरुवातसँगै शरीर कठ्यांग्रिन थालेको छ।

कैलालीसहित पश्चिम तराईमा शीतलहर

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

शीतलहरले कतै विद्यालय बन्द, कतै सिरक बाँड्दै

नेपालको सुदूरपश्चिम र तराई–मधेसकामा शीतलहरका कारण अधिकांश जिल्लाका स्थानीयले विद्यालय बन्दको घोषणा गरेका छन् भने कतिपय ठाउँमा सर्वसाधारणलाई न्यानो कपडासमेत वितरण सुरु गरेका छन्।

चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार

प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ।

बाँकेमा शीतलहर सुरु, जनजीवन प्रभावित

शनिबार रातिदेखि बाँकेको नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा शीतलहर सुरु भएको हो। शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन्।

शीतलहर छल्न न तातो नाना, न खाना

सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्।

शीतलहर छल्न परालको सहारा

परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन्।

डढुवाले आलुखेतीमा २५ प्रतिशत क्षति

एक महिना लामो शीतलहर र हिउँदे वर्षाले यसपालि कैलाली, कञ्चनपुरका किसानले लगाएको आलुखेतीमा क्षति पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्