६ माघ २०८१ आइतबार
image/svg+xml

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो।

खड्गीलाई भेट्रानतर्फ स्वर्ण

रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले आइतबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस :त्रिशालाई स्वर्ण

त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन्।

पोखराको विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ।

विराटनगरलाई हराउँदै दमक उपाधिनजिक

विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शिक्षामा लगानी अनुरुप प्रतिफल प्राप्त नभएको गुनासो छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य र सक्षम प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्ने बताईन। उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनिहरुको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य हुनुपर्नेमा जोड दिईन्।

तुलसी दिवस र दुर्गा घिमिरेलाई १–१ लाखको पुरस्कार

संस्कृतिकर्मी तुलसी दिवस र महिला सशक्तिकरणमा क्रियाशील दुर्गा घिमिरे पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवाबाट दिवस र घिमिरेलाई पुरस्कृत गर्न लागिएको हो ।

पर्यटकीय गन्तव्य खोल्न माग

यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।

विन्ध्यवासिनीमा आंशिक चहलपहल

तीनसाता अघि नै खुलेको यहाँको विन्ध्यवासिनी मन्दिरमा आंशिक चहलपहल मात्र देखिन्छ । सधैंजसो भीडभाड हुने मन्दिरले अझै प्रयाप्त भक्तजन पाउन सकेको छैन ।

सडन डेथमा विन्ध्यवासिनीलाई सफलता

सडनडेथमा भारतको रोयल फुटबल क्लबलाई पराजित गर्दै मोरङको विन्ध्यवासिनी क्लब धनकुटामा सुरु भएको १४औं सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा पुगेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा मोरङे क्लबले पाहुना टोली रोयल फुटबल क्लबको चुनौती सडनडेथमा ६–५ गोलले समाप्त गरेको हो।

विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा

पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा सञ्चालनमा आएको छ। मन्दिर प्रांगणमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लिफ्टको बिहीबार समुद्घाटन गरिन्। उक्त लिफ्ट प्रतिष्ठित घराना कम्पनी लक्ष्मी ग्रुप र हुन्डाई कम्पनी कोरियाको सहयोगमा निर्माण गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। लिफ्ट निर्माणमा करिब एक करोड खर्च भएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।

विन्ध्यवासिनीमा प्रधानमन्त्रीको पूजा

अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् । शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्