१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विराटनगरलाई हराउँदै दमक उपाधिनजिक

विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३-१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आयोजक र धरानको हाम्रो भेट्रान क्बलबीच शुक्रबार राति हुने खेलको विजेतासँग दमकले उपाधि जितका लागि शनिबार राति खेल्नेछ। यसै साता विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो।

खेलको आठौं मिनेटमा दीपेन गिरीले गोल गर्दै दमकलाई अग्रता दिलाए। विराटनगरका खेलाडीले गोलरक्षकलाई दिएको ब्याक पासमा दीपेनले डी बक्सअगाडिको लाइनबाट खोसेर सीधा प्रहार गर्दै गोल गरेका थिए।

दमककै देउमान लिम्बुले १७औं मिनेटमा पाएको क्रस पासलाई सदुपयोग गर्दै उत्कृष्ट हेडिङ मार्फत टोलीको गोल संख्या दोब्बर बनाए। निर्धारित ७० मिनेटको खेलमा विराटनगरका कृष्ण शाक्यले गोल गर्दै गोल संख्या कम गरेका थिए। खेलको इन्जुरी समयको अन्तिम १ मिनेट बाँकी छँदा दमकका सुवास आङुथुपोले टोलीका लागि अर्काे गोल थप्दै जित सुनिश्चित पारे। खेलको म्यान अफ दी म्याच दीपेन गिरी भए।

विजेता वा उपविजेतामध्ये एक भएको अवस्थामा पाएको पुरस्कार राशिको १० प्रतिशत रकम बन्टी भुजेलको परिवारलाई सहयोग गर्ने दमकले घोषणा गरेको छ। कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेल र खेलाडीको स्तरोन्नतिका लागि सधैँ लागिपर्ने बताए। 

प्रकाशित: १५ आश्विन २०७९ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App