२० वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीः मल्ल हटाइए,लामिछानेलाई कप्तानी

बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्रसहित, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खेलभावनाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको हो । त्यस्तै क्यानले तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको छ।

क्रिकेट मैदानमा शुभकामना

नेपालको संविधान दिवसको अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्षपूर्ण जित निकालेको छ।

इपिएलमा विश्वकप विजेता

भैरहवा ग्लाडियटर्सले श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका अनुभवी क्रिकेटर दिनेश चन्डिमाललाई अनुबन्धित गरेको जनाएको छ।

पारसलाई क्यानको सम्मान : ७७ नम्बर प्रयोग नगरिने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो। नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्।

नेपाली क्रिकेटमा हाई प्रोफाइल प्रशिक्षक

श्रीलंकालाई सन् १९९६ को विश्वकप दिलाएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्