५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

कुशल र ज्ञानेन्द्रको बरियतामा सुधार, क्रिकेटमा नेपाल १३औँ स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन्।

यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए।आइसिसीले जारी गरेको बरियतामा नेपालबाट  भूर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन्। बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन्। पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहेका छन्। यस्तै लामिछाने ७६औँ स्थानमा रहेका छन्। नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ।

रासस

प्रकाशित: १६ असार २०७८ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App