६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्षपूर्ण जित निकालेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीमाथि २ विकेटको जित निकालेको हो। 

जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । ३९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । नेपालका लागि सोमपाल कामीले नट आउट २२ रन बनाए। त्यस्तै आसिफ शेखले ३० रनको योगदान गरे भने कुशल भुर्तेलले १५ रन बनाए। 

नेपालले आफ्नो पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन बनाउँदै आउट भएका थिए। कुशलसँगै ओपनिङमा आएका आसिफ सेख ३० रन बनाउँदै बाहिरीए। नेपालका कप्तान मल्ल १७ ओभरको अन्तिम बलमा ६ रन बनाएर आउट भएका थिए। नेपालले आफ्नो चौथो विकेटको रूपमा नेपालका आरिफ शेख ९ रन बनाएर आउट भएका थिए। उनलाई चाड सोपेरले एलबीडब्लू आउट गराएका थिए। 

नेपालको पाँचौँ विकेटको रूपमा शरद भेषवाकर ६ रन बनाएर आउट भए। कुशल मल्ल र पवन सरार्फ लगाता छैटौँ र सातौँ विकेटको रूपमा आउट भए। दुवै जनालाई २८ औँ ओभरमा आउट गराएका हुन्। कुशलले नेपालका लागि एक रन जोडे भने पवन शून्य रनमै बाहिरीए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३४ रन मात्र बनएको थियो । पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए। चाड सोपर १७ रनमा अविजत रहे। पोकनाले १ रन जोडे। 

जासोन किला र डामिएन राभुले खाता समेत खोल्न सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, ओडीआई डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोबले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए। योसँगै उनी डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बनेका छन्। उनले दोस्रो ओभरको पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए। यस्तै, कुशल मल्लले ७ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए। नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ।

प्रकाशित: २२ भाद्र २०७८ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App