coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

चितुवा आक्रमणबाट दुईजना घाइते, मान्छेलाई आक्रमण गर्ने चितुवा मृत फेला

चितुवा आक्रमणमा परेर दुईजना घाइते भएका छन्। बुधवार बिहान कालिज फार्ममा पसेको चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो। मान्छेलाई आक्रमण गरेको चितुवा मृत अवस्थामा फेला परेको छ।

तनहुँमा चितुवाको आक्रमणबाट ५ वर्षमा १४ बालबालिकाको मृत्यु

विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो।

देउखुरीमा चितुवा आतंक, एकै रातमा १७ वटा बाख्रा खायो

देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ। लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए।

कालिकोटमा भेटियो चितुवा

चोरी सिकारी,बासस्थानको अभावका कारण लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालिकोटका जङ्गलमा देखिन थालेका हुन्।

सामाजिक सञ्जालमा चर्चा कमाएकी कितिया पावोलोब्स्कीको इन्स्टाग्राम र तस्बिर नक्कली

सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली ‘फेक’ भएको अल्पाइन म्यागाजिनले पुष्टि गरेको छ।

चितुवाको आक्रमणबाट ३ जना घाइते

वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन्।

तनहुँ प्रशासनले भन्योः मान्छे खाने चितुवा भेटे मारेर ल्याउनू

चितुवाले निरन्तर मान्छेमाथि आक्रमण गरेर ज्यान लिन थालेपछि तनहँ प्रशासनले चितुवा मार्न निर्देशन दिएको छ। बारम्बार चितुवाले मान्छेमाथि आक्रमण गरेको र नियन्त्रणमा लिएर पनि रोक्न सक्ने अवस्था नभएपछि मार्नकै लागि निर्देशन दिएको प्रशासनले बताएको छ।

चितुवाको निशानामा कलिला नानी

कात्तिक लागेपछि तनहुँको बन्दीपुर र ब्यास नगरपालिका क्षेत्रमा चितुवाको आक्रमण निकै नै बढेको छ। यो अवधिमा दुइजना बालबालिकाको ज्यान पनि गईसकेको छ। गत कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षिया बालिकाको चिुतवाको आक्रमणमा परेर ज्यान गएको थियो। मंगलबार बेलुकी ब्यास नगरपालिका–१२ छिर्कनका अर्का आठवर्षका बालकको पनि चितुवा आक्रमणमा ज्यान गयो। चितुवा आक्रमण बढ्दा बन्दीपुर र ब्यास नगरपालिकाको सिमा क्षेत्रका बासिन्दा त्रसित छन्।

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो। सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो।

चितुवाको आक्रमणबाट एकजना घाइते

इलाका प्रहरी कार्याय लढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन्। उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

तनहुँः घरैबाट लैजान्छ चितुवाले बालबालिकालाई

पछिल्लो वाँचवर्षको अवधिमा मात्र तनहुँमा चितुवाको आक्रमणका २६ वटा घटना घटेका छन्। चितुवाको आक्रमणमा परेर यो अवधिमा मात्र ११ जना बालबालिकाको ज्यान गएको छ भने १५ जना बालबालिका घाइते भएका छन्। चितुवाको आक्रमणमा परेका ती सबैजसो बालबालिका ११ वर्ष भन्दा मुनिका छन्। अधिकांशलाई चितुवाले घरमै आएर आक्रमण गर्ने गरेको छ।

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्। उनले भने, 'चितुवाको ढाडमा पासो परेको छ। उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ।'

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

निकुञ्ज कार्यालयबाट अरू क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए। चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्