१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा चर्चा कमाएकी कितिया पावोलोब्स्कीको इन्स्टाग्राम र तस्बिर नक्कली

सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली ‘फेक’ भएको  अल्पाइन म्यागाजिनले पुष्टि गरेको छ। 

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको जनाएको हो।

उक्त म्यागजिनका अनुसार तस्बिरमा रहेको प्रकाशको उपस्थिति अनौठो देखिएकाले फोटोमाथि विश्लेषण गरिएको थियो। सो क्रममा  हिउँ चितुवा रहेको पृष्ठभूमि पछाडिको हिमाल अन्यत्रकै रहेको र त्यहाँ फोटो म्यानिपुलेसन गरी राखिएको म्यागेजिनको भनाइ छ। अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो।   

उक्त म्यागेजिनले फोटोग्राफरको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम) मा पनि शंका गरेको छ। ‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फोटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ। अरु ग्यालरी किन देखिएन?’ म्यागेजिनले प्रश्न गरेको छ। यस अगाडि कुनै वन्यजन्तु फोटोग्राफीमा काम गरेको तस्बिर पनि नभएको भन्दै म्यागाजिनले फोटोग्राफर नै नक्कली भएको उल्लेख गरेको छ। म्यागाजिन भन्छ, ‘किटिया वन्यजन्तु फोटोग्राफीमा भन्दा फोटोसपमा अब्बल देखिएकी छिन्।’ 

उनको उक्त तस्बिर काठमाडौंस्थित अमेरिकी राजदूतावासले कात्तिकको २८ गते आफ्नो आधिकारीक फेसबुकपेजमार्फत सार्वजनिक गरेको थियो भने कितियाले उक्त फोटो असोजको २२ गतेका दिन आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। सगरमाथामा खिचिएको हिउँ चितुवाको ती तस्बिर अमेरिकी फोटोग्राफर कितिया पावोलोब्स्कीले खिचेको दूतावासले जनाएको थियो। उक्त फोटोहरु नेपालमा भाइरल भएको थियो ।

प्रकाशित: १० मंसिर २०७९ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App