२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भूकम्प अपडेट : नेपालगञ्जमा घाइतेको उपचार गरिँदै

गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ।

नेपालगञ्जमा दशहरा मेला: आज रावण बध गरिँदै

नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ।

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्।

नेपालगञ्जमा जारी कर्फ्यू थप खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आदेश जारी गर्दै कर्फ्यू र निषेधाज्ञालाई थप खुकुलो बनाएको बताएको हो।

नेपालगञ्जको निषेधाज्ञा यथावत्,वार्ताको पहल हुँदै

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्।

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ६ नेपालीको ज्यान गयो

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ।

नेपालगञ्जमा २५ करोडको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल

नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन्। डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए। समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन्।

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

बाँकेको नेपालगञ्जस्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्र रु एक करोड १५ लाखको लागतमा बनेको हो। उनले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरी स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्