८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ललितानिवास जग्गा प्रकरणः बस्न्यातलाई धरौटीमा थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ ।

दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमूख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।

पूर्वप्रमुख बस्न्यातको स्वास्थ्य अवस्था गम्भीर

ओम अस्पतालमा कोरोना संक्रमण भएर उपचार गराइरहेका बस्नेतको अवस्था दिनप्रतिदिन स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो। चिकित्सकहरूले उनमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि थप उपचारका लागि ‘रेमडिसिभिर’ औषधि चलाउनुपर्ने भन्दै परिवारलाई सो औषधि व्यवस्था गर्न भनिसकेका छन्।

अदालतको विभेद: धेरैलाई धरौटी, बस्न्यातलाई थुना

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धरौटी नै माग नगरी थुनामा पठाएर विभेद गरेको हो ।

अख्तियार पूर्वप्रमुख बस्न्यात थुनामा

बस्न्यातविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबी गरिएको छ। उनी सचिव भएको बेला ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न भएको अभियोग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्