१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

सुटिङ थालेको २२ दिनमै सकियो ‘पार्वती’ को छायांकन

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो।

गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको थियो। यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेकी हुन्। उनको निर्देशकिय र फिल्मका कलाकारहरूको सक्रियतामा एक महिनाको समयसीमा राखी छायांकन सुरु गरिएकोमा ८ दिन अगावै सुटिङ सकिएको हो।

फिल्मको मुख्य भुमिकामा निर्देशक आफैँले अभिनय गरेकी छन्। नीताका अलवा फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतले अभिनय गरेका छन्।

यस फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। म्युजिक भिडियोमा निकै चर्चामा रहेका उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रूपमा काम गर्न लागेका हुन्।

यस फिल्ममा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।

आउँदाे भदौ १२ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिइसकेको छ। त्यसकारण पनि यो फिल्मको काम फटाफट भएको हो।

प्रकाशित: १६ वैशाख २०८३ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App