१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अनिलको शतकमा मधेसको पाँचौं जित

ओपनर अनिल साहको १२७ रनको शतकीय प्रेरणामा मधेस प्रदेशले बिहीबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकालेको छ।

स्पिनर चम्कँदा पुलिस अपराजित

स्पिनरद्वय सागर ढकाल र ललितनारायण राजवंशीले संयुक्त रूपमा ९ विकेट लिएपछि नेपाल पुलिस क्लबले बुधबार पनि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।

प्रधानमन्त्री कप क्रिकेटः कर्णालीले कोसीलाई हरायो

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोसी प्रदेशलाई हराएको छ।मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोसी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।

एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती

काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ।

प्रधानमन्त्री कप क्रिकेट: एपिएफको तेस्रो जित

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

कीर्तिपुर र मूलपानी खेल मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र एपीएफको विभागीय टोलीसहित ८ टोली सहभागी हुनेछन्।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

प्रतियोगितामा मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मुलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ।

महिला क्रिकेट टोलीको प्रशिक्षण, खेलाडी छनोटको तयारीमा क्यान

सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा क्षेत्रीय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिसरमा रहेको मैदानमा प्रशिक्षण भएको हो। असोज ७ गतेदेखि सुरु भएको प्रशिक्षण बुधबार सकिएको हो।

प्रधानमन्त्री कप क्रिकेट: प्रतियोगिताको उपाधि आर्मी क्लबलाई

एपिएफले १८ रन जोड्दा ५ विकेट गुमाएपछि शनिबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई सुम्पिएको छ।

प्रधानमन्त्री कप क्रिकेट: पुलिस सेमिफाइनल पुग्ने अन्तिम टोली

सोमबार भएको समूहचरणअन्तर्गत अन्तिम खेलमा नेपाल पुलिसले प्रदेश–२ माथि ४ विकेटको जित हात पार्दै समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिमा ४ मा स्थान पक्का गरेको हो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।

प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्