१० मंसिर २०८१ सोमबार
image/svg+xml

दिल्ली हिंसामा मर्नेको संख्या २७ पुग्यो, २५० बढी घाइते

नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो।

दिल्लीमा हिंसा, ९ को मृत्यु

भारतको केन्द्रीय राजधानी दिल्लीमा दुई दिनदेखि भड्किएको हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

इन्सेक वर्ष पुस्तक भन्छ, 'घटनामध्ये ८० प्रतिशत महिला पीडित'

नेपालमा सरकारी तथा गैरसरकारी संस्थाले महिलामाथि हुने हिंसा घटाउने नाममा अनेक कार्यक्रम गरे पनि मानवअधिकार उल्लंघन र ज्यादती बढ्दा घटनामध्ये ८० प्रतिशत महिला पीडित भएका छन्। घटनाबाट सबैभन्दा बढी गृहिणी, कृषकजस्ता महिला पीडित छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार सार्वजनिक गरेको २८औं वर्ष पुस्तकमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा महिला पीडित भएको उल्लेख छ।

पुरुष–हिंसा र प्रेम

जसलाई प्रेम गरिएको हो उसलाई शारीरिक रूपमा प्राप्त गर्नु नै प्रेम हो भन्ने बुझाइले समाजमा एसिड आक्रमण घटना बढेका हुन्।

कार्यस्थलमा हुने यौन हिंसा र सुरक्षा

कार्यस्थलमा हुने यौन दुर्व्यवहार नियन्त्रण क्षेत्रमा पनि यही अवस्था छ। भएका कानुन लागु नगर्ने तर नभएका कानुन अघि सारेर ‘कारबाही गर्न सकिएन’ भनेर गोहीको आँसु चुहाउने प्रवृत्तिले निरन्तरता पाइरहेको छ।

अफगानिस्तानमा हिंसा झन् बढ्यो

अफगानिस्तानमा पछिल्लो समयमा हिंसा झनै बढेको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्या बढेको बताइएको छ । विशेषगरी राजधानी काबुलमा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बढेका छन् ।

चुमबासीको अहिंसा सन्देश

शान्ति भूमिका रुपमा उत्तरी गोरखाको चुम भ्याली संसारभर प्रख्यात छ। त्यहाँ अहिंसा क्षेत्र घोषणा भएको ९९ सय वर्ष पुरा हुँदैछ।

खर्च अभावले अस्पतालमै : आश्वासन आयो, सहयोग आएन

गत असोज ८ गते पति भोमे सोमैले परपुरुषसँग लागेको आरोपमा पूजालाई मरणासन्न हुनेगरी कुटेका थिए। महिलाहिंसाको अभियोगमा भोमे हिरासतमा छन्। घरतिरकाले उनका उपचारमा वास्ता गरेका छैनन्। माइतीले चन्दा संकलन गरी जसोतसो उपचार गराइरहेका छन्।

‘समाजमा हिंसा कायम हुँदा जनता असुरक्षित छन्'

विकासले गति लिन नसक्दा जनता अभावै अभावमा गुज्रिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्। शिक्षादिक्षा, स्वास्थ्यपोचार, स्वस्थ खानेपानी लगायतबाट उनीहरू अहिले पनि वञ्चित भएको उनको भनाइ छ।

यसो भनेकी थिइन् शृंखलाले यौन हिंसाबारे साहित्य महोत्सवमा (भिडियो)

पूर्वमिस नेपाल शृंखला खतिवडाले आफूसमेत यौन हिंसाको सिकार हुनुपरेको प्रतिक्रिया दिएको समाचारलाई लिएर आपत्ति प्रकट गरेकी छन्। सामाजिक सञ्जालमा आफूले त्यस्तो नबोलेको बताएपछि समर्थकहरूले नागरिक विरुद्ध प्रतिक्रिया व्यक्त गरेका छन्।

डोल्पामा घरेलु हिंसाका घटना बढ्दो

हिमाली जिल्ला डोल्पामा घरेलु हिंसाका घटना विगतको तुलनामा बढ्दो क्रममा रहेको पाइएको छ। मानव अधिकार र सामाजिक न्यायका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जिल्लामा संकलन गरेको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनामा घरेलु महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको हो।

लैङ्गिक हिंसाविरुद्ध प्रवचन

वागीश्वरी कलेज भक्तपुरमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम गरिएको छ। समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता यस वर्षको नारा तय गरेको छ।

लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क, तीन वर्षमा एक हजार ४५३ घटना

जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ।

हिंसा नदोहोरिने निश्चित गर

राजनीतिक आडमा हुने सम्भावित अपराध रोक्न राज्यले अन्तर्राष्ट्रिय फौजदारी अदालतको ‘रोम विधान’ र बलपूर्वक बेपत्ता पार्नेविरुद्धको महासन्धि अनुमोदन गर्न ढिलाइ गर्नुहुन्न।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्