coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा हिंसा झन् बढ्यो

काबुल– अफगानिस्तानमा पछिल्लो समयमा हिंसा झनै बढेको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्या बढेको बताइएको छ । विशेषगरी राजधानी काबुलमा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बढेका छन् ।

अमेरिकी सरकारको निगरानीमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । यसअघि तुलनात्मकरूपमा अफगानिस्तानको राजधानी काबुल अन्य स्थानको तुलनामा शान्ति रहेकोमा गत वर्षको पछिल्लो चार महिनाको अनुगमनबाट हत्याका घटना बढेको देखिएको हो ।

अघिल्लो वर्ष अमेरिका र तालिबानबीचमा अफगानिस्तानको काबुलमा रहेका अमेरिकी सेनालाई कसरी हटाउने भन्नेबारे पनि कुराकानी भएको थियो । अमेरिकी सरकारले तालिबान युद्धको अन्त्यका लागि शान्ति वार्ताको बारेमा पनि आवश्यक परामर्श गरेको थियो । तर, वार्ता भने सम्भव हुन सकेन ।

तर, वार्ता अवधिमा भने तालिबानबाट हिंसा भएको थिएन । उनीहरूले युद्धविराम नै नगरेको भए पनि काबुलमा भने हत्याका घटनामा कमी आएको थियो ।

अमेरिकी सरकारको उक्त निगरानी निकायद्वारा शुक्रबार सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको पछिल्लो चार महिनामा आठ हजार दुई सय चार आक्रमणका घटना भएको थियो । यो संख्या यसै अवधिको अघिल्लो वर्षको भन्दा बढी हो । यसै अवधिमा सन् २०१८ मा ६ हजार नौ सय ४७ ओटा घटना भएको थियो ।

गत सेप्टेम्बरमा अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदान भएको थियो । त्यस समयमा झनै धेरै आक्रमणका घटना भएका थिए ।

गत सेप्टेम्बरमा सन् २०१० पछिको सबैभन्दा धेरै आक्रमणका घटना भएका थिए । आक्रमणका घटनामा बढेपछि अमेरिकी सेनाले आक्रामक कारबाही गर्ने गरेको भए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन । पछिल्लो ६ महिनाको अवस्था हेर्दा अफगानिस्तानको समग्र क्षेत्रमा ६ प्रतिशतले आक्रमणका घटना बढेको बताइएको छ । तीमध्ये उनीहरूका आक्रमण करिब चार प्रतिशत त प्रभावकारी नै भएका थिए ।

उता अमेरिकाले पनि गत वर्ष कारबाहीका घटनामा वृद्धि गरिरहेको छ । अमेरिकाले युद्धक विमानको प्रयोग गर्ने र तालिबानको प्रभाव रहेका भनिएका क्षेत्रमा हवाई आक्रमण पनि बढाएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्य भएपछि उनीहरूले यहाँ सशस्त्र हिंसा मच्चाएका छन् । एएफपी

प्रकाशित: १९ माघ २०७६ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App