१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

५०–६० हजारका योजना पनि संघमा

सरकारले आगामी बजेटमार्फत संघीयताको मर्म विपरित स्थानीय तहहरूले संचालन गर्न सक्ने साना तथा मझौला कार्यक्रमलाई संघमा राखेको छ। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी वर्षको बजेटमा स्थानीय तहले गर्नुपर्ने कामको जिम्मेवारी संघलाई नै दिइएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम बजेट र संरचनाको दृष्टिकोणले केन्द्र सरकारले सञ्चालन गर्नुपर्ने खालको छैन। तर, अर्थमन्त्री खतिवडाले यो कार्यक्रम संघीय सरकारबाट सञ्चालन गर्न ९६ करोड रुपैयाँ विनियोजन गरेका छन्।

भक्तपुरमा आउने पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा जोड

भक्तपुरका उद्योगी व्यवसायी तथा व्यापारीहरुले भक्तपुरमा आउने पर्यटकहरुको बसाई लम्वाउन कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

संसदमा अर्थमन्त्रीकाे जवाफ : आगामी बजेटमा सबैलाई खुसी पार्नेछौं

अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानले गरेको व्यवस्था अनुसार मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारेका छन्। विहीबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले मौलिकहकको प्रत्याभूति गर्न राज्यको पहिलो दायित्व भएकाले त्यसकै आधारमा प्राथमिकता निर्धारण गरिएको बताए।

विपीको आर्थिक नीतिसँग बजेटको तुलना, अर्थमन्त्रीलाई सोधियो गम्भीर प्रश्न

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छिन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठूलो अवसर भए पनि बजेट बरालिएर आएको बताइन्।

प्रकाशमानको प्रश्नः धरहरा र रानीपोखरी बनाउन नसक्ने सरकारले ठूला कुरा गर्न सुहाउँछ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आकार बढे पनि सरकारले ल्याएको बजेट फितलो भएको आरोप लगाएका छन्।

बजेट कागजको घोडाजस्तो आयो, पानीजहाज र रेल चढ्न नपाइने भयाे : नेता खाँड

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिएका छन्।

बरालिएको बजेट बहस

सरकारले जेठ १५ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा छलफल सकिएसँगै अर्थमन्त्री युवराज खतिवडाले बिहीबार सांसदको प्रश्नको उत्तर दिनेछन्। बजेटमाथि भएको छलफल हेर्दा लाग्छ, अधिकांश सांसद बजेटमाथि बहस गर्न होइन, कर्मकाण्डीय पाराले आग्रह र पूर्वाग्रह राख्न आएका हुन्। बजेटको सिद्धान्त के हो ? बजेटले कसलाई प्राथमिकता दिएको छ ? जनताको पैसा प्राथमिकताअनुसार महŒवपूर्ण आयोजनाहरूमा विनियोजन गरिएको छ वा छैन ? सरकारले आगामी वर्ष सर्वसाधारणबाट कसरी कर उठाउँदै छ ? सरकारले भनेझैं उसको योजना र कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली बनाउनेतर्फ परिलक्षित छ वा छैन ? बजेट तथा कार्यक्रमले मुलुकलाई उन्नतितिर लैजाँदै छ वा अधोगतितिर ? संसद्मा तीन दिनसम्म चलेको बजेटमाथिको बहसमा भाग लिएका १ सय ५० भन्दा बढी सांसदले यसतर्फ ध्यान दिएनन्।

सांसद बजेटको औचित्य

प्रत्येक वर्ष प्रस्तुत गर्ने गरेको बजेटमा प्रत्येक नागरिकका जीवन यापनका न्यूनतम आधारभूत आवश्यकता पूरा गरी गरिबी र पछौटेपन अन्त्य गर्ने, आर्थिक समुन्नत सुदृढ अर्थतन्त्र निर्माण गर्ने, आर्थिक वृद्धि दर सुधार गर्ने जस्ता उद्देश्य रहने गरेका छन्। आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट १५ खर्व ३२ अर्ब रुपियाँको सार्वजनिक भएको छ। जसमा ९ खर्ब ८१ अर्ब रुपियाँराजस्व उठाउने लक्ष्य छ भने ९ खर्ब ५७ अर्ब रुपियाँचालु खर्च गर्नुपर्ने छ।। यो राजस्व करिव सबै नै चालु खर्चमा लाग्ने देखिन्छ। पुँजीगत खर्चकालागि झण्डै ५ खर्ब रुपियाँऋणमा भर पर्नुपर्ने भएको छ।

सरकारको प्राथमिकतामा परेपछि स्थानीय उत्साहित

सुनकोसी मरिन डाइभर्सनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै बजेट विनियोजन भएपछि स्थानीयमा उत्साह छाएको छ।

एक करोडमाथिका योजनामा मात्रै बजेट

कर्णाली प्रदेश सरकारले एक करोडमुनिका योजनामा बजेट विनियोजन नगर्ने भएको छ। यस्तै कर्णाली पूर्वाधार विकास बैंक र परियोजना बैंकबाट छनोट भएका योजना मात्रै कार्यान्वयनमा लैजाने प्रदेश सरकारको योजना छ। बुधबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा प्रदेशको तीव्र विकासका लागि एक करोडमाथिका लागत अनुमान गरिएका आयोजनामा मात्रै बजेट विनियोजन गर्ने, कर्णाली पूर्वाधार विकास बैंक तथा परियोजना बैंकले छनोट गरेका योजना मात्रै कार्यान्वयन गर्ने, निजी क्षेत्रसँगको साझेदारीमा कर्णाली हवाई सेवा सञ्चालन गर्नेलगायतका विषय समेटिएका छन्।

सेयर बजारमा शुभ संकेत

नीतिगत रुपमा भने पुँजी बजार तथा सेयर बजारमा भएका समस्यालाई समाधान गर्न बनेको सुझाव समितिपछि केही ठोस नीतिगत निर्णयसमेत भएको छ। जसले सेयर बजारलाई मनग्य टेवा दिएको देखिन्छ।

रामकुमारी झाँक्री भन्छिन् : मुख्यमन्त्रीले काम गर्नै सकेनन्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएकी छन्।

सांसदलाई ६ करोड अपुग भयो, १० करोड दिनुपर्छः रायमाझी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने बताएका छन्।

'सांसद भएर खुसी हुँ कि नागरिक भएर दु:खी?'

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताएका छन्।

विनोद चौधरी भन्छन् : अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै गएको छ

नेपाली कंग्रेसका सांसद विनोद कुमार चौधरीले संघीयताको खर्च धान्न नसक्ने गरी बढ्दै गएकाले मुलुकको अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्