११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मनिलाको आवासीय क्षेत्रमा आगो लाग्दा पाँच जनाको मृत्यु, दुई घाइते

जलेर दुई वर्षीय एक बालक, १८, १९, ४० र ५० वर्षीय महिलाको ज्यान गएको तथा ६४ वर्षका एक पुरूष र ५१ वर्षिया महिला घाइते भएकी अग्नि सुरक्षण विभागले जनाएको छ।

सर्लाहीका युवाहरु 'नो रोड, नो भोट' भन्दै आन्दोलनमा

सर्लाही कौडेना गाउँपालिकाका युवाहरु 'नो रोड, नो भोट' भन्दै सडक आन्दोलनमा उत्रेका छन्। सडक नबनेको भन्दै युवाहरुले सदर्लाही क्षेत्र नम्बर २ का उम्मेदवारहरुलाई समेत गाउँ पस्नमा रोक लगाएका हुन्।

नेताहरूको भोट बैंक बन्यो ‘कोटवाडा विमानस्थल’

कालिकोटको नरहरिनाथमा निर्माणको क्रममा रहेको कोटवाडा विमानस्थलको चर्चा सुरू भएको ३७ वर्षभन्दा बढी भयो।

महानगरको अभियान झनै तीव्र

कर्मचारी सन्चयकोषको भवन ‘काठमाडौं मल’को नक्सा पास नै छैन। पहिलो चरणमा हाम्रो करिब तीन सय स्थानमा टार्गेट रहेको छ। अवैध संरचना हटाउने हाम्रो अभियान तीव्र रूपमा अगाडि बढ्नेछ।– नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपलिका

अपर अरुणबाट प्रभावित क्षेत्रवासीलाई प्रति राेपनी १० लाख मुआब्जा

एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ।

मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’

वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति।

स्थानीय तह निर्वाचन: भोट माग्ने माध्यम सामाजिक सञ्जाल

बिहानदेखि बेलुकासम्मको धेरै समय उनको मोबाइल फोनमा कुरा गर्दैमा बितिरहेको छ। आफ्ना ससुराबुवाको निधन भएपछि तुलसादेवीले निर्वाचनको मुखैमा मतदातालाई भेट्न नपाएकी हुन्। काजकिरियामा बसेरै उनी मतदातालाई फेसबुक म्यासेन्जर र फोनमार्फत् भोट माग्दैछिन्। उनले गाउँपालिकाका मतदातालाई आफू काजकिरियामा बसेको जानकारी दिएकी छिन्।

चुनावअघि भूमिहीनलाई सुन्ने कि नसुन्ने?

५ वर्षसम्म नदेखिएका अनुहार पनि भूमिहीनका बस्तीमा देखिन थालेका छन्। त्यो पनि आराम/सञ्चो सोध्दै, दुई हात जोड्दै। त्यसैले आजसम्म भूमिहीनले भूमि अधिकार नपाउनुको प्रश्न सोध्ने बेला यही हो।

संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन: मेयर शाक्य

समाचारको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।

भूकम्प प्रभावितलाई गोबर ग्यासहितको शौचालय

क्लबले प्रतिघर १ लाख ६० हजार रूपैयाँ लागतमा गोबरग्यास, शौचालय र खेती गर्नका लागि टनेललगायत पूर्वाधार निर्माणका लागि खर्च गर्दै आइरहेको छ । रोटरी क्लबको ग्लोबल ग्र्यान्ट र डिस्ट्रिक ग्र्यान्ट अनुसार यो परियोजना अघि बढाइएको हो।

मध्य भोटेकोशीको आइपिओ बिक्री खुला

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ।

आइपिओ जारी गर्दै मध्य भोटेकोशी

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ।

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

कांग्रेसमा 'डिजिटल भोटिङ' गर्न सकिने व्यवस्था

नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ।

भोटेकोसीमा राष्ट्रिय महिला भलिबल हुने

वैशाख ८ गतेबाट आयोजना हुने भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्