८ वैशाख २०८१ शनिबार

इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर दोषी ठहर

विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई दोषी ठहर गरेको छ।

‘इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन’

इन्जिनियरिङसँग सम्बन्धित विज्ञहरूले इन्जिनियरिङका विद्यार्थी विदेश जान नपर्ने बताएका छन्। उनीहरुले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो स्कोप रहेको बताए।

नेकको प्रिन्सिपलमा भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो।

कलेजमै सेनिटरी प्याड भेन्डिङ मेसिन !

विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।

सरसफाइ प्राविधिकलाई स्वदेशमै अवसर

नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधार व्यापक भएकाले यस क्षेत्रका विद्यार्थी प्राविधिकले देशमै काम गर्ने सुअवसर रहेको राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।

दुई सय ९८ जना विद्यार्थी दीक्षित

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका दुई सय ९८ जना विद्यार्थी दीक्षित भएका छन्।

उद्यमीसँग व्यापार मार्केटिंग दृष्टिकोणबारे छलफल

नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजले टक विथ इन्टरप्रेनर्सको पहिलो सत्र आयोजनाको क्रममा यसबारे छलफल गरिएको हो।

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो।

इन्जिनियरिङ खोज अनुसन्धानमा अनिल, शाशिष, सरोज, सिद्धार्थ र चन्द्रप्रकाशको टोली प्रथम

समापन कार्यक्रममा कलेजका प्रधानाध्यापक प्रा. डा, हरिकृष्ण श्रेष्ठ, सहप्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, विद्यार्थी कल्याण शाखाका प्रमुख सचिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सात वर्षपछि फेरि उपप्राध्यापकमा नियुक्ति

भक्तपुर नगरपालिका वडा नं १० महालक्ष्मीस्थानका इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण दुवाकोट भक्तपुरमा उपप्राध्यापक पदमा पुनः नियुक्ति पाएका हुन्।

नेकलाई विश्वविद्यालय बनाउँछौं : मेयर मिश्र

समारोहको अवसरमा प्रमुख अतिथि प्राडा थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेका थिए।

लम्बोदरलाई सात दिन थुनामा राख्न अनुमति

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

२३ करोड ठगी उजुरीमा न्यौपाने पक्राउ

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा मुछिएपछि फरार लम्बोदर न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक हरि पाण्डे र दीपक भट्टराईले उजुरी दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्