१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्यमीसँग व्यापार मार्केटिंग दृष्टिकोणबारे छलफल

व्यापारमा मार्केटिंग दृष्टिकोणकोबारे पनि उद्यमीहरुसँंग छलफल गरिएको छ। नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजले टक विथ इन्टरप्रेनर्सको पहिलो सत्र आयोजनाको क्रममा यसबारे छलफल गरिएको हो। कार्यक्रममा अतिथि वक्ताको रुपमा ईडा रिजाल रहेकी थिइन्।

उनले कौशलतापूर्वक  व्यापार र विचारकोबारेमा एक विस्तृत अन्तरदृष्टिगत सत्र दिइन्। उनले उत्पादन भिन्नता, विचार प्रमाणीकरण र व्यापारमा मार्केटिंग दृष्टिकोणकोबारे पनि छलफल गरिन्। स्टार्टअपको असफलताको कारणहरू र कसरी स्टार्टअपले दिगो राजस्व उत्पादन गर्न सक्छ भन्ने विषयमा आफ्ना विचार प्रकट गरिन्।

विचार प्रक्रियाको क्रममा आफ्नो व्यापारलाई कसरी स्थिरता प्रदान गर्न सकिन्छ भन्नेबारे पनि चर्चा गरिन्, र व्यापारको सफलता कसरी निर्धारण गर्नेबारे आफ्नो दृष्टिकोण व्यक्त गरिन्। ईडा रिजाल कोभिड कनेक्ट नेपालकी सह– संस्थापिका, माइक्रोसफ्ट इमेजिन कप २०१८–एआई वर्गकी विजेता र सोचवेयरकी पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सह-संस्थापिका पनि रहेकी छन्।

भौतिक रूपमा उपस्थित नभई अनलाइन माध्यममा कार्यक्रम सञ्चालन भए तापनि युवा उद्यमीको उत्साह र ऊर्जा सत्रभर महसुस गर्न सकिन्थ्यो। कार्यक्रम निकै अन्तरक्रियात्मक भएको पाइयो। अन्त्यमा ईडा रिजालले सहभागीहरूका प्रश्नहरूको जवाफ दिइन् र कार्यक्रमको अन्त्यमा क्याम्पस निर्देशिका टानिया लामिछानेले रिजाललाई मायाको चिनो हस्तान्तरण गर्दै सत्रको औपचारिक रुपमा समापन गरिन्। 

प्रकाशित: २ फाल्गुन २०७८ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App