५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

पिसिआर परीक्षणको दायरा व्यापक बनाऊ : कांग्रेस

नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पिसिआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्यमन्त्रीलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन : सांसद संग्रौला

कांग्रेस सांसद डिला संग्रौला पन्तले विश्वभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सतर्कता अपनाई रहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विदेशमै गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रमम उपप्रधानमन्त्री यादवले भने, ‘नेपालमा धेरै रोगको उपचार हुन्छ तर, केही रोगका लागि बाहिर जानुपर्ने अवस्था छ। उहाँको उपचार विदेशमै हुन्छ।’

‘स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत’

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन्। यसअघिको बजेटमा स्वास्थ्यतर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पु-याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए।

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

विवादस्पद छानबिन समितिको प्रतिवेदन छलफल गर्न सिनेट बैठक बोलाउने कि नबोलाउने भन्नेबारे स्वास्थ्यमन्त्री र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिबीचको विवाद न्यायलय पुगेको छ।

नेतृत्वको अलमलले बिपीमा समस्या चुलिँदै

दुईवटा छानबिन समिति गठन भएर पनि कुलपति र सहकुलपतिका रूपमा क्रमशः प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले ठोस निर्णय लिन नसक्दा बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको समस्या थप चुलिँदै गएको छ।

अन्योलमा सिनेट

छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न दुईपटक सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले पत्राचार गरे पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक परिषद् (सिनेट) बैठक बस्न सकेको छैन। प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले आफू कारबाहीमा पर्ने डरले सिनेट बैठक डाकेका छैनन्।

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्।

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन्।

नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्छाैं : स्वास्थ्यमन्त्री यादव

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन्।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

संघीय समाजवादी फोरम आजै सरकारमा जाने भएको छ। स्रोतका अनुसार आज ३ बजे शीतल निवासमा दुई मन्त्रीले सपथ लिने छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र इस्तियाक राई शहरी विकास मन्त्रीको रुपमा सरकारमा सहभागि हुँदैछन्।

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्।

स्वास्थ्यमन्त्री बोहोराद्वारा छानविन गर्न सिनेट बोलाउँदा पदाधिकारी नआएको स्पटोक्ति

स्वास्थ्यमन्त्री दिपक बोहोराले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट स्वीकृति नलिईकनै भएका भवन निर्माणको छानविन प्रतिवेदनमा छलफल गर्न सिनेट बोलाउँदा पदाधिकारी बिदामा बसेको बताएका छन् ।

स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार मोबाइल ‘स्विचअफ’ गरेर तीन दिनदेखि बिदा बसेका छन् । बिदा लिएर सम्पर्कविहीन भई बस्नुपर्ने उनको बाध्यता हो– देउवा नेतृत्वको कामचलाउ सरकारका स्वास्थ्यमन्त्री दीपक बोहराको निरन्तर दबाब ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्