८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विज्ञानका दीर्घकालीन प्रक्षेपण

तापक्रम बढ्दा हिमनदी तथा हिमतालका आकार घट्दै गए, सधैँ हिउँले भरिने टाकुरा नांगा हुन थाले। सदैव चिसो हुने उत्तरी र दक्षिणी गोलाद्र्धमा हिउँका रास बिस्तारै खुम्चँदै गएको देखियो। यसरी पहाड तथा गोलाद्र्धका हिउँ पग्लिएपछि समुद्रको सतह बढ्नु अस्वाभाविक भएन ।

मानव शरीरको तापक्रम कम हुँदै, वैज्ञानिकद्वारा चिन्ता व्यक्त

मानव शरीरका धेरै प्रकारको अनुसन्धान वर्षौं देखि भइरहेको छ। धेरै स्तब्ध पार्ने कुराहरू पनि बाहिर आएका छन्। हालै गरिएको एउटा अनुसन्धानले देखाएकोे छ कि मानव शरीरको तापक्रम बिस्तारै कम हुँदैछ जुन चिन्ताको विषय हो।

मौसम सफा भएसँगै गर्मी महसुस

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ। मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

लोमान्थाङको तापक्रम माइनस १६ डिग्री

हिमाली भेगमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङको माथिल्लो भेगमा ह्वात्तै चिसो बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

माइनस २ भन्दा पनि तल झर्‍याे जुम्लाको तापक्रम, काठमाडौंमा ६ डिग्री

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ।

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरो मापन

काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ।

तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ। मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए।

मनाङमा तापक्रम माइनस नौ

दुई दिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ। त्यस्तै अर्काे जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कष्टकर बनेको छ।

मनाङमा तापक्रम माइनस ९, गोरखामा दुई फिट हिउँ

दुईदिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन बढी प्रभावित भएको छ। त्यस्तै अर्को जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कठिनपूर्ण बनेको छ। गोरखाको माथिल्लो क्षेत्रमा दुईफिट हिउँ जमेको स्थानीयले बताएका छन्। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले बताएको छ।

शनिबार भैरहवामा यस वर्षकै न्यून तापक्रम

विगत केही दिनदेखि बढेको चिसो र शितलहरले भैरहवासहित अधिकांश तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ। शनिबारदेखि बढेको चिसोसँगै बिहान साँझ बाक्लो हुस्सु दिनभरि कुहिरो र हावाले दैनिक काम प्रभावित हुन थालेको छ। चिसो हावाले न्यून मात्रामा नागरिकहरु घरबाहिर निस्केका छन्।

उफ्, बरफ नै पग्लिने क्या गर्मी

पृथ्वीको तापक्रम बढेसँगै विश्वका चिसाे भनिएका धेरै देशहरुमा गर्मी ह्वात्तै बढेको छ। योसँगै युरोपका पाँच ठाउँमा यस वर्ष इतिहास कै बढी गर्मी भएको हो। जसले गर्दा ग्रीनल्यान्डमा बर्षैंदेखि जमेर बसेको सित्ताम्मे देखिने हिँऊ पग्लेर पानीमा परिणत भएको छ।

आयो मनसुन, वर्षा केही दिनमा तापक्रम घट्ने

औसत समयभन्दा १० दिनपछि नेपालमा वर्षा याम सुरु हुँदैछ। मौसम पूवार्नुमान महाशाखाले बिहीबारदेखि नेपालमा मनसुन प्रवेश भएको जनाएको हो।

दम्भ नै समस्या

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्केयता मुलुकको मौसमी तापक्रममात्र होइन, राजनीतिक तापमानसमेत बढ्दै गएको छ। संसददेखि सडकसम्मका गतिविधिले फेरि असन्तुष्टि पोखिन थालेको देखाएका छन्। हरेकपटक जब राजनीतिक परिवर्तन हुन्छ तब स्थिरता कायम भई देश आर्थिक गतिविधितर्फ उन्मुख हुने अपेक्षा गरिन्छ। तर नियतिले मुलुकलाई फेरि अस्थिरतातर्फ लगिरहेको देखिन्छ। सरकारले सार्वजनिक घोषणामार्फत फिर्ता गरिसकेको गुठी विधेयकका सन्दर्भमा बुधबार आयोजित खबरदारीसभामा आमजनताको जुन सहभागिता देखियो त्यो यसबीच उत्पन्न वितृष्णाको उपज हो। त्यतिमात्र होइन, सरकारले ल्याएका हरेक विधेयकमा राखिएका प्रावधानका कमजोरी दोहोरिइरहेका छन्। सरकार दुईतिहाइको भएरमात्र पुग्दैन। सरकारले गरेका काममा आमनागरिकका भावना प्रतिबिम्बन हुनु पनि उत्तिकै आवश्यक छ। प्रधानमन्त्री ओलीले युरोप भ्रमणका उपलब्धि र गुठी विधेयकमा सरकारका धारणा सार्वजनिक गर्न संसदलाई रोजेका भए पनि त्यहाँ मंगलबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोध रह्यो। त्यसलगत्तै पत्रकार सम्मेलनमार्फत उनले सरकारका धारणा सार्वजनिक गर्न भ्याए। तर त्यहाँ प्रधानमन्त्रीद्वारा प्रमुख विपक्षी कांग्रेसदेखि प्रेससम्मलाई गरिएका कटाक्षले सरकारको मनस्थिति छताछुल्ल पारेको छ।

काठमाडौँमा ह्वात्तै बढ्याे गर्मी

अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा केही दिन यता बढी गर्मी महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्