८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आयो मनसुन, वर्षा केही दिनमा तापक्रम घट्ने

काठमाडौं – औसत समयभन्दा १० दिनपछि नेपालमा वर्षा याम सुरु हुँदैछ। मौसम पूवार्नुमान महाशाखाले बिहीबारदेखि नेपालमा मनसुन प्रवेश भएको जनाएको हो। महाशाखाका अनुसार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भई क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा छ। केही दिनभित्रै मनसुन देशभर फैलिने अनुमान महाशाखाको छ। नेपालमा सामान्यतया १० जुनको हाराहारीमा मनसुन प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्ष मनसुन १० दिन ढिलो सुरू भएको छ।

महाशाखाका अनुसार साधारणतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिने अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गरेको छ। यस अनुसार महाशाखाले यस वर्ष नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को केही पश्चिमी भूभागहरुमा औसतभन्दा कम वर्षा हुने अनुमान छ। बाँकी प्रदेशहरु गण्डकी, कर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने अनुमान महाशाखाले गरेको छ।

मनसुन सुरु भएसँगै केही यता बढ्दै गएको गर्मी क्रमशः कम हुँदै जाने मौसमविद्हरु बताउँछन्। मौसमव्दिका अनुसार मनसुन सुरु हुने औसत समयमा मनसुन नआउँदा देशभर गर्मी बढेको हो। मनसुन सुरु नहुँदा सूर्यको किरण पृथ्वीमा धेरै बेर पर्ने भएकाले गर्मी बढेको मौसमविद् बताउँछन्। महाशाखाका अनुसार सामान्यतया करिब ३० वर्षलाई औसत वर्षा भनिन्छ। यसैगरी सरदर वर्षाको ९० प्रतिशतदेखि १ सय १० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ। सो भन्दा कम भएमा न्यून र बढी वर्षा भए अधिक वर्षा भएको मनिन्छ। मौसमविद्का अनुसार बंगालको खाडीबाट र अरबयिन सागरबाट आएको जलवाषयुक्त हावाको प्रभावबाट नेपालमा मनसुन सुरु हुन्छ।

महाशाखाले शुक्रबार दिउँसो र राती देशको पूर्वी भूभागमा सामान्यतया बदली रहने, मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको हुने सम्भावना छ। यसैगरी शनिबार दिउँसो र शनिबार राती देशको पूर्वी तथा मध्य भूभागमा समान्यतया बदली रहने, पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। यसैगरी शनिबार राती देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका धेरैजसो स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ६ असार २०७६ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App