८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रौतहटमा अत्याधिक गर्मी, तापक्रम ४३ डिग्री पुग्यो

टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ। अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो।

काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै उच्च

पछिल्लो केही दिन यता तराइ क्षेत्रमा बढिरहेको गर्मीको प्रभाव काठमाडौँ उपत्यकामा समेत परेको छ। शुक्रबार अधिकतम तापक्रम यो वर्षकै उच्च रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनु्सार शुक्रबार ३३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो। काठमाडौंमा शनिबार बिहानको तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

भारतको तापक्रम ५० डिग्री

भारतको सुख्खा क्षेत्रमा पर्ने सहरको तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ।पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीले जानकारी दिएका छन्।

वर्षासहित हावा हुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले अपरान्हमा हावा हुरी सहित वर्षा हुने क्रम सोमबारसम्म जारी रहने सम्भावना देखाएको छ।

विश्व ‘सही बाटोमा छैन’: राष्ट्रसंघ महासचिव

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्। दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसंघीय प्रमुखले न्युजिल्यान्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पेरिस सहमतिले परिभाषित गरेका उद्देश्य प्राप्त गर्नका लागि चाल्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ।’

हुम्लामा फेरि हिमपात

माघ ७ गते परेको भारी हिउँ पग्लन नपाउँदै बिहीबार अर्को हिमपात भएको छ। पछि यहाँको जनजीवन कष्टकर भएको छ। यहाँको हवाई सेवा सञ्चालनमा आएको आठ दिनमै अवरुद्ध भएको छ। सदरमुकाम सिमकोटको तापक्रम घटेर माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका–६ को लिमीगाउँ हिमपातकै कारण सदरमुकामसँग सम्पर्कविहीन बन्न पुगेको छ।

काठमाडाैंमा चिसो बढ्याे

काठमाडाैं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। महाशाखाको पछिल्लो विवरणानुसार बुधवार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ।

कर्णालीमा भारी हिमपात, तापक्रम माइनस ८ डिग्री

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका कारण चिसो बढेको छ।

घट्यो चिसो

काठमाडौंको चिसो क्रमिक रूपमा घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार काठमाडौंको तापक्रम अधिकतम १९.५ र न्यूनतम तापक्रम ३.३ पुग्यो। शनिबार आइतबारको न्यूनतम तापक्रम ३.८ र अधिकतम १९ पुगेको थियो। पुसमा भने तापक्रम घटेर ०.५ सम्म पुगेको थियो।

काठमाडौंको चिसो अझै बढ्ने

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।

मनाङमा माइनस २१ डिग्री

हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ।

हुम्ला र मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री

चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ। बिहीबार दिउँसाेदेखि हिउँ पर्न सुरू भएदेखि लगातार परिरहेकाे छ। जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ।

काठमाडौंमा चिसो बढ्ने क्रम जारी

मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको तापक्रम अझै घट्ने क्रममा रहेको जनाएको छ। महाशाखाका अनुसार समान्यतया पुस १५ देखि माघ १५ सम्म तापक्रम घट्ने क्रम जारी रहन्छ। तापक्रम सम्बन्धि यस्तो चक्रअनुसार प्रत्येक वर्ष पुसको सुरूवातासँगै तापक्रम निरन्तर घट्न थाल्छ।

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो, चिसो अझै बढ्ने

राजधानी काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ।

न्यूनतम तापक्रम घट्यो, हिमपात र वर्षाकाे सम्भावना

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ। उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्