२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली आज नेपाल आउदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली शुक्रबार राति नेपाल आउने जनाएको छ।

बंगलादेशविरुद्धकाे खेलमा सुनिल बल र नवयुग श्रेष्ठ टिममा नरहने

हुमागाईले ४ गोलकिपर टोलीमा राखेका छन्। उनले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली घोषणा गरेका हुन्।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिमको घोषणा आज हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।

तनावपूर्ण बन्यो मैत्रीपूर्ण खेल

मौरिससका मिडफिल्डर एड्रियन बोल्टारले नेपालका स्ट्राइकर अञ्जन विष्टमाथि खराब फाउल गरेपछि महर्जनले उनलाई सोझै रातो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाएका थिए। त्यसलगत्तै दुवै टोलीका खेलाडी विवादमा उत्रिए। सोही विवादबीच नेपालका मिडफिल्डर पूजन उपरकोटीले मौरिससका खेलाडीमाथि बलले प्रहार गरेपछि महर्जनले उनलाई दोस्रो पहेँलो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाए।

सबैलाई मौका दिँदै अल्मुताइरी

पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन्। यसअघि सामाजिक सन्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका प्रशिक्षक सामाजिक सन्जालमा सक्रिय देखिए पनि एन्फाले आयोजना गरेको खेलअघिको पत्रकार सम्मेलनमा स्वास्थ्य समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले बताए।

बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे। बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन्।

नेपालको जित्ने लक्ष्य अधुरो

आइतबार भारतविरुद्धको खेलको ८६औँ मिनेटमा किरणकुमार लिम्बुको स्थानमा मैदान प्रवेश गरेसँगै विशाल श्रेष्ठको नेपाली राष्ट्रिय फुटबल टोलीको डेब्यु सपना साकार भएको छ।

बलियो टोलीविरुद्ध जित निकाल्ने लक्ष्य

भारत र नेपाल १९औं पटक आमनेसामुने भएका छन्। जुन भेटमा भारतले १३ नतिजा आफ्नो पक्षमा पार्दा नेपालले दुई जित मात्र निकाल्न सकेको छ। चार खेलका नतिजा भने बराबरीमा टुङ्गिएका छन्। त्यसैले पनि दक्षिण एसियाली फुटबलमा भारत तुलनात्मक रूपमा निकै बलियो टोली हो।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार,भविष्यका लागि खेल्ने प्रशिक्षकको भनाई

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताएका छन्। प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने पत्रकार सम्मेलनमा बताए।

भारतसँग दुई मैत्रीपूर्ण फुटबल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नै घरेलु भूमि दशरथ रंगशालामा आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। आगामी साफ च्याम्पियनसिप अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक राष्ट्र तय भएका छैनन्। सोही प्रतियोगिताका लागि लक्षित गरेर आगामी सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेका हुन्।

मैत्रीपूर्ण खेलमा फ्रान्सलाई सफलता

सियोलमा भएको वार्मअप खेलमा फ्रान्सले पुनरागमनमा जित निकालेको हो। यससँगै दक्षिण कोरियाले यसै साता दुई वार्मअप खेल खेलेको छ। यसअघि अर्जेन्टिनासँग खेल्दा २–२ को बराबरीमा रोकिएको थियो।

स्वाभाविक प्रदर्शन गर्नेमा आशावादी

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयको तयारीका बावजुद पनि खेलाडीले क्रमिक रूपमा सुधारिएको प्रदर्शन गरेको भन्दै शुक्रबार बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा मैदान उत्रँदा सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

कामाभिन्गाको यादगार प्रदर्शन

फ्रान्सलाई अग्रता दिलाएका कामाभिन्गा सबैभन्दा सानो उमेरमा गोल गर्ने फ्रान्सेली खेलाडी भएका छन् । १७ वर्षे कामाभिन्गाले नवौं मिनेटमा गोल गर्दै घरेलु टोली फ्रान्सलाई अग्रता दिलाएका थिए ।

अभ्यास खेलमा नेपाली युवा टाेली थाइल्याडसँग पराजित

मैत्रीपूर्ण खेलमा नेपाली यु–२३ टोलीले थाइल्याण्डको यु–२३ सँग ४-० को हार व्यहोेको छ। एसियन गेम्स र साफ च्याम्पियन्सीपको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली यु–२३ टिमले मैत्रीपूर्ण खेलमा शुक्रबार थाइल्याण्डको यु–२३ टिमसँग ४-० को हार व्यहोरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्