२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सर्वोच्चले पौडेलको मुद्दामा कागजात माग्यो

सर्वोच्च अदालतले तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) उम्मेदवार प्रदीप पौडेलको मुद्दामा मतपत्रसहितका कागजपत्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

पौडेलको मुद्दामा कागजपत्र पेश गर्न सर्वोच्चको आदेश

नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले पुनः मतदानको माग गर्दै दर्ता गरेको रिटको विषयमा सर्वोच्चले मतपत्र तथा मुचुल्कासहितका कागजपत्र इजलाशमा पेश गर्न निर्देशन दिएको छ।

मनपरी गर्दै स्थानीय सरकार, कतै बन्द, कतै अदालतमा मुद्दा

सरकारले तोकेअनुसार पश्चिम दाङमा रहेको बबई गाउँपालिकाको कार्यालय ‘हंशपुर’ मा सञ्चालन भयो । गाउँपालिका अध्यक्षका लागि यो स्थल पायक थिएन । उनले स्थानीय तह सञ्चालनका लागि तय भएको नियम कानुन तोडेर गाउँपालिका कार्यालय आफ्नो पायकमा सारे । अध्यक्ष भुवनेश्वर पौडेलले गत २ गते गरेको यो एकल निर्णयले अहिले चरम विवाद निम्त्याएको छ ।

घुस मागेपछि प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।

पराजित उम्मेदवारलाई ज्यान मार्ने अभियाेगमा मुद्दा

प्रदेशसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलको नाममा ज्यान मार्ने उद्योगमा मुद्दामा मुद्दा दर्ता भएको छ । पुस १० मा कांग्रेस स्याङजा क्षेत्र नम्बर २ को चुनावी समीक्षा बैठकमा कार्यकर्ताबीच कुटपिट भएको घटनामा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । कुटपिटमा भेषराज अर्याल, कमल ढकाल र सुशिल काफ्ले घाइते भएको थियो । घाइते काफ्लेको बयोधा हस्पिटल काठमाण्डौंमा उपचार भैरहेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।

६० हजार मुद्दाको छानबिन

चितवनको माडीस्थित बाँदरमुढे बम विस्फोटका घाइते कृष्ण अधिकारीलाई न्याय पाइन्छ भन्ने आशा मरेको थिएन । तर असारदेखि सुरु भएको छानबिन प्रक्रिया निकै सुस्त हुँदा उनी निरासिए । ‘खै हाम्रो पालो कहिले आउला, पहिलो चरणकै काम सकिएको छैन भन्छन्,’ उनलाई सोध्ने अरू द्वन्द्वपीडितलाई उनी यस्तै जवाफ दिन्छन् । माडीको सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए । ७० बढी घाइते भएका थिए ।

रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर

एसी मिलान र रियाल मड्रिडका पूर्वस्ट्राइकर रोबिन्होलाई सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै बिहीबार इटालीको एक अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ। ब्राजिली स्ट्राइकर रोबिन्होलाई सन् २०१३ मा भएको उक्त घटनामा संलग्न भएको ठहर गर्दै उक्त सजाय सुनाइएको हो । उनीमाथि अल्बानियाकी २२ वर्षे एक युवतीमाथि बलात्कार गरेका आरोप लागेको थियो । सजाय सुनाउँदा उनी अदालतमा अनुपस्थित थिए । सो समयमा उनी सिरी ‘ए’ क्लब मिलानबाट व्यावसायिक खेल खेल्न इटालीमा थिए।

‘महिला मुद्दा उठाउनेलाई भोट’

उपत्यकाका महिला मतदाता उम्मेदवारका खोक्रा आश्वासन र अजेन्डाका भरमा भोट नहाल्ने बताउँछन् । उम्मेदवारले पहिले वाचा गरेका प्रतिबद्धता पूरा गरे÷नगरेको सोध्ने बेला आइसकेको उनीहरूको तर्क छ।

युनिटीका सञ्चालकलाई ठगीमा सफाइ, करको मुद्दा जिल्लामै फिर्ता

सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा चार वर्षअघि ललितपुर जिल्ला अदालतबाट सजाय पाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

समूहगत मुद्दा सुनुवाइप्रति असन्तुष्टि : ‘हतार गर्दा न्याय नहुन सक्छ’

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा कात्तिक १५ गते ७१ वटा मुद्दा पेस भए । समूहगत सुनुवाइमा परेका ती मुद्दामध्ये एकतिहाइमा आदेश भयो, एकतिहाइ कानुन व्यवसायीबाट हटाइए भने एकतिहाइलाई इजलासले समय दिन सकेन ।

मैना सुनार हत्या मुद्दामा सर्वोच्चले मिसिल मगायो

सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला फाइल मगाएको छ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आइतबार ‘मैना सुनार प्रकरण’ सम्बन्धी मिसिल झिकाउने आदेश गरेको हो । आइतबार दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले मुद्दाको मिसिल झिकाउने आदेश गरेको हो।

सर्वोच्चलाई आयोगको जबाफ, मुद्दा खारेजीको माग

सर्वोच्च अदालतमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अवहेलना मुद्दा खारेजीको माग गर्दै लिखित जबाफ पेस गरेका छन् । अदालतको आदेशमा भएको भावना, मर्मसमेतलाई सम्मान गर्दै प्रत्यक्षतर्फ बेग्लाबेग्लै पानामा मतपत्र छाप्ने निर्णय गरिएको आयोगले जबाफमार्फत स्पष्ट पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतपत्र एउटै बनाउने निर्णयविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको आदेशपछि सोमबार आयोगका तर्फबाट लिखित जबाफ पेस भएको हो।

यस्ता मुद्दा आउँछन् महानगरमा

हरेक सोमबार कार्यकारी अधिकृतको इजलासमा नक्सापाससम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ । बाँकी मुद्दाको सुनुवाइ मेयर विद्यासुन्दर शाक्यले गर्छन् । कार्य व्यस्तता नहुँदा हरेक बिहीबार शाक्य इजलास कक्षमै भेटिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्