५ मंसिर २०८१ बुधबार
image/svg+xml

परित्यक्त पीडितहरू

द्वन्द्व पीडितका समस्या समयमै समाधान गरिएन भने त्यसले भविष्यमा थप नयाँ समस्या जन्माउँछ भन्ने हेक्का सरोकारवाला पक्षले राखेन। सत्ता र शक्ति प्राप्त गर्ने राजनीतिक दलका तुलनामा पीडित व्यक्ति कमजोर हुने भए पनि तिनको आवाज कमजोर छैन।

शीर्ष नेतामै विवाद

प्रदेश २ को नामकरण र स्थायी राजधानीको प्रस्ताव दर्ता गराउन दुई दिन बाँकी रहँदा मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले पार्टीको प्रदेश संसदीय दलको बैठकमै छलफल गरेका छन्।

पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न मिल्दैनः उपप्रम पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्।

बालुवाटारमा सर्वदलीय बैठक, माधव नेपाल अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी चयनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा असहमति राखेका छन्।

पुडासैनी र रवी लामिछाने प्रकरणमा सत्तारुढ सांसद आक्रोशित, प्रतिपक्षी सांसद बोलेनन्

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या र रवी लामिछानेको गिरफ्तारी प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले आक्रोश व्यक्त गरेका छन्।

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन्।

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

पार्टीको काम कारबाहीमा पार्टी नेतृत्व तहबाट निरन्तर असहयोग भएको भन्दै साहले राजीनामा बुझाएको नेकपा निकट स्रोतले दाबी गरेको छ।

व्यक्तिभन्दा पार्टी महत्वपूर्णः दाहाल

दाहालले मधेसमा कटान र डुबान, मरुभूमीकरण तथा आगलागीबाट बर्सेनि दोहोरिरहने समस्याको स्थायी समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उल्लेख गरे।

प्रचण्डकै अगाडि माधव नेपालले भने– म पार्टीभित्रै हेपिएँ

पार्टी एकता प्रक्रियामा चरम असन्तुष्टि रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीभित्र आफु हेपिएको बताएका छन्।

सरकारको नेतृत्व फेरिन्छः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन्।

किन ‘नोट अफ डिसेन्ट’ लेख्दैछन् माधव नेपाल ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा नीतिगत विषय नमिलेको भन्दै मा ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारीमा रहेका छन्।

नेकपा विवादको चुरो

सिंगापुरबाट ‘उपचार भ्रमण’पछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक दलभित्र जिम्मेवारी बाँडफाँड टुंग्याएका छन्। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत वर्ष जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो। दल एकीकरण प्रक्रिया निर्वाचनमा सफलता हासिल गर्नसमेत कारक रह्यो।मुलुकमा स्थिर सरकार गठन भएमा समृद्धि प्राप्त हुने सपना बाँडेका कारण एकीकरण आवश्यकता महसुस भएकै हो। त्यसै आधारमा निर्वाचनलगत्तै सफलताले अभिभूत भई पार्टीगत एकीकरण भए पनि भावनात्मक एकीकरणका निम्ति भने लामो समय लागेको छ। अहिले पनि दुई अध्यक्ष क्रमशः ओली र पुष्पकमल दाहाललाई पूर्ववत् समूहका नेता तथा कार्यकर्ताले आपसमा चिनाउँदा ‘हाम्रा अध्यक्ष’ भन्ने शब्द प्रयोग गर्ने गरेका छन्। आफ्नातर्फका नेता तथा कार्यकर्ताप्रति दुवैथरीको लगाव छ। खासमा नेकपाभित्र भावनात्मक एकता भइसकेको छैन।

नेकपा र समाजवादीबीच चिसियाे सम्बन्ध

सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध बिग्रन थालेको छ। समाजवादी पार्टीका नेताहरू लामो समयसम्म पनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा सरकारको नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन्। सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो।

नेकपामा विवाद गहिरिँदै

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्