नेकपामा खनाललाई तेस्रो वरियता, माधव नेपाल पछि परे, पार्टीमा थप कार्यविभाजन
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।