coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रचण्डकै अगाडि माधव नेपालले भने– म पार्टीभित्रै हेपिएँ

जनकपुर– पार्टी एकता पछिको कार्य विभाजनमा असन्तुष्टि रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीभित्र आफु हेपिएको बताएका छन्। सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

‘पहिला झलनाथ खनालजीलाई अपमान गरियो। अहिले म अपमानित भएको छु’ नेपालले भने, ‘पार्टी विधान र सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने मेरो भनाई हो। यसका लागि संघर्ष गरिरहेको छु।’

माओवादी द्वन्द्व सुरु हुनु आगावै धनुषामा मारिएका तत्कालिन माओवादी नेता रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सोमबार जनकपुर आएका हुन्। दुवै नेताले धनुषाको बरमझियामा आयोजना हुन लागेको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: २ भाद्र २०७६ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App