४ मंसिर २०८१ मंगलबार
image/svg+xml

दाङमा नेकपाको अग्रता

दाङ क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा उपनिर्वाचनको मतगणनामा नेकपाले अग्रता लिईरहेको छ। आइतवार बेलुका ८ बजेसम्मको गणना अनुसार नेकपाका उम्मेदवार बिमलाकुमारी खत्रीले १४ हजार ५ सय ७८ मत ल्याएकी छिन्।

पहिले हार, अहिले जित

तत्कालीन नेकपा एमालेबाट रुपा शाही २०७४ मा भएको निर्वाचनमा ७६ मतले पराजयी भइन्। हारबाट उनी विचलित भइनन्। अझ संघर्ष र पराजयलाई सिकाइका रूपमा लिइन्। त्यसको नतिजा उनले शनिबार सम्पन्न उपनिर्वाचनमा देखाइन्।

तरुण दलका नेता नेकपाका अध्यक्ष

राजनीति सुरु गर्दा मनराजे बुढा मात्र १८ वर्षका थिए। ३८ वर्षका बुढाले राजनीति गर्न थालेको मात्र २० वर्ष बितिसकेको छ। नेपाली काँग्रेस निकट युवाहरुको संस्था तरुण दलको सदस्यता लिएर बुढाले राजनीति सुरु गरेका हुन्।

धरानमा कांग्रेसलाई ७ सय ४५ मतको अग्रता

धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।

जनयुद्धमा भएका सबै घटनाको जिम्मेवारी म लिन्छुः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताएका छन्।

अछामको मेल्लेखमा नेकपाका रमेश खड्का विजयी

मेल्लेख गाँउपालिका वडा नम्वर ५ बिन्देवासिनीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन्। उनले नेपाली कांग्रेसका वीरबहादुर बोहरालाई २१५ मतले पछि पार्दै विजयी भएका हुन्।

यसअघि नेकपाले जितेकोमा कांग्रेस र कांग्रेसकोमा नेकपा उम्मेद्वार विजयी

नेपाली काग्रेसलाई फिदिम–१ मा र नेकपालाई हिलिहाङ ७को उपनिर्वाचन मत परिणामले झट्का लागेको छ।

सिरहाको कल्याणपुर १२ मा नेकपाका उम्मेदवार विजयी

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन्। उनले ८२५ मत प्राप्त गरेक छन।

धुलिखेल-२ मा नेकपा विजयी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका छन्। उनी ८६७ मत ल्याई विजयी भएका हुन्।

सल्यानमा नेकपा विजयी

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका धर्मे बुढा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खड्कबहादुर बोहरालाई पाँच सय ४१ मतले पछाडि पार्दै बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

पुनबार्स ३ वडा अध्यक्षमा नेकपाका तामाङ विजयी

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ बिजयी भएका छन् । ५ सय २८ मत प्राप्त गरि उनी विजयी भएका हुन् ।

थबाङमा नेकपाका उम्मेदवार वडाध्यक्षमा विजयी

रोल्पाको थबाङ १ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढामगर विजयी भएका छन्। उनले १ सय ७४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कमल बहादुर रोकाले २६ मत ल्याए भने ९ मत बदर भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्