३ मंसिर २०८१ सोमबार
image/svg+xml

शर्मामाथि भएकाे छानविन प्रतिवेदन जनताले पनि अस्विकार गर्नुपर्छ: ओली

‘इन्टरनेशनल छानविन गरौं। यो देशविरुद्धको अपराध हो। देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ। मामुली कुरा हो यो? आइन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन।'

समाजवादमा मात्रै पूर्ण मानवअधिकार हुन्छः नेता खनाल

'मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ,' उनले भने। उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे।

प्रचण्डको अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा: देशको विकास कसरी हुन्छ भनेर देखाउने प्रमुख लक्ष्य

उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताए। अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो जनीतिक शक्ति बन्ने दाबी गरे। उनले दोस्रो शक्ति बनाउने गरी नेपाली काँग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए।

संविधानमा उल्लिखित विदेशनीतिका आधारलाई पूर्णपालना गर्नुपर्छः नेता खनाल

'नेकपा सरकारका पालामा सो दलका नेताहरूको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एक मत निर्णय गरेर नीति तथा कार्यक्रममा सो विषय राख्न सक्यौँ, यस्तो विषय त नेताहरु आफैँले बुझेर सरकारको नीति तथा कार्यक्रममा राख्न सक्नुपर्ने हो,'

'बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीले भेटेपछि नेपाली महिलाले के सोच्ने?'

'सिद्धबाबा भनेर चिन्ने गरिएको छ। ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्ता समेत सो महायज्ञमा गएर आफ्नो उपस्थिति जनाउँदाखेरी यो मुलुकका नेपाली महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले?'

प्रचण्ड जापान जाने भएपछि पूर्व निर्धारित बैठकका समय परिवर्तन

आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जाने। पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ।

गृहजिल्ला झापामा ओली

नेता-कार्यकर्ता तथा मतदातासँग तीन दिनसम्म चल्ने अन्तरक्रियाका लागि बुधबार झापामा पुगेका हुन्। अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग-अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

नेपाल कुनैपनि सैन्य गठबन्धनमा सामेल हुने कल्पना नगरे हुन्छः माधव नेपाल

'नेपालको हीतमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरु राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नुहुँदैन भने सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरुमा कुनै गठबन्धमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरेपनि हुन्छ।

द्वन्द्वमा हराएको छोराको कथा हो ‘पानीफोटो’

द्वन्द्वको क्रममा कैयौं मानिसले ज्यान गुमाए। बेपत्ता र घाइते भए भए। ज्यान गुमाउनेहरु त मरेर गए नै, तर बेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छः डा. कोइराला

'सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ।'

तीन दिनसम्म ओली झापामाः भेटघाट गर्न चाहने नेता-कार्यकर्ताको नाम संकलन

बिर्तामोडमा हुने एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने छन्।

कांग्रेससँग बार्गेनिङ गर्न बहसमा समाजवादी केन्द्र

एमालेबाहेक सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले समाजवादी केन्द्र निर्माणको प्रयास थालेका छन्।

'युवालाई काम गर्न न्यूनतम उमेर तोकिएकोप्रति आपत्ति'

नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर।

विकसित देशमा मंकीपक्सले हायलकायल बनाएको छ, नेपाल सरकार मौनः योगेश भट्टराई

‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ। हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन। सरकार मौन बसिरहेको छ।'

एमालेले संघ र प्रदेशको चुनावका लागि अभियान थाल्ने

नेकपा एमालेले गत स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनका लागि सम्पूर्ण शक्ति केन्द्रित गर्ने बताएको छ। आगामि निर्वाचन केन्द्रीत गरेर अभियान संचालन गर्ने एमालेको तयारी छ। त्यो अभियान संचालन गर्ने क्रममा पहिलो भेलाको सुरुवात पोखराबाट सुरु गरेको एमालेले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्