३ मंसिर २०८१ सोमबार
image/svg+xml

रसुवागढी नाकाबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गर्ने तयारी

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। नाकाबाट नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन्। यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हुन्।

रसुवागढी नाकाबाट पर्यटक भित्रिने क्रम बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ। पछिल्लो ११ महिनामा नाकाबाट साढे ३० हजार पर्यटक नेपाल आएका छन्।

विराटनगर नाकाबाट आयात–निर्यात ठप्प

भारतको जोगवनीस्थित मिरगन्जपुल भत्किएका कारण विराटनगर नाकाबाट आयात–निर्यात ठप्प भएको छ। जीर्ण अवस्थाको मिरगन्जपुल भत्किएपछि मर्मत गर्न पुलबाट आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ। पुल मर्मत गर्न समय लाग्ने देखिएकाले उद्योगी व्यवसायीले रोकिएका ट्रक र कन्टेनर रिरुट गर्न माग गरेका छन्।

बेलिब्रिजले खोल्यो खोटाङको पूर्वी नाका

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग सडक खण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएको हो।

पाँच महिनामा सवा आठ लाख केजी प्याज आयात

रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको हो। यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

बेलिब्रिजले खोल्यो खोटाङको पूर्वी नाका

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएको हो।

४४ किशोरी फर्काइयो

रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ।

थुनुवा फरार प्रकरण : योजनाकार सहित चार पक्राउ

लक्ष्मीपुपतारी गाउँपालिका स्थित ईकाला प्रहरी कार्यालयको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये चारजना पक्राउ परेका छन्। भागेका तीन जनालाई मंगलबार राति पक्राउ गरीएको हो। एकजना तत्कालै पक्राउ परेका थिए।

पारवाहनमा नयाँ फड्को

तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पहुँच विस्तार गर्न नेपाललाई तीनवटा जलमार्ग र थप दुई नाकासम्म बल्क कार्गो ढुवानी सुविधा दिन भारत सहमत भएको छ। यो पारवाहन क्षेत्रमा नेपालका लागि नयाँ फड्को हो।

भारतीय गाडीमा भ्रमण वर्षको पोस्टर टाँस्ने अभियान सुरु

पूर्वीनाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान आजबाट सुरु गरेको छ।

आजदेखि सीमा नाका बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

खाद्य गुणस्तर जाँच्न १२ सीमा नाकामा प्रयोगशाला

मुलुकमा बिना परीक्षण खाद्य वस्तु भित्रिरहेको बेला सरकारले विभिन्न१२ सिमा नाकामा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। खाद्य प्रविधितथा गुण नियन्त्रण विभागले भारततर्फका नौ र चीनतर्फका दुई नाकामा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगशाला स्थापना गर्न लागेकोे हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्