३ मंसिर २०८१ सोमबार
image/svg+xml

आइसिपी निर्माणमा आग्रह

आइसिपी निर्माणको उद्देश्य दुई देशबीचको व्यापार तथा वाणिज्यलाई सहज बनाउनु हो। आधुनिक र वैज्ञानिक आइसिपीमा भन्सार, बैंक, प्लान्ट र पशु क्वारेन्टाइन, भन्सार प्रयोगशालालगायत आवश्यक सेवासुविधा एकै थलोमा उपलब्ध हुन्छन्। यसमा अत्याधुनिक सेवासुविधासहित स्क्यानर जडान हुने भएकाले राजस्व छली हुने सम्भावना निकै कम हुन्छ।

भारतले गरायो अघोषित रुपमा नाका बन्द

भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ।

महेशपुर नाकाबाट दश महिनामा ५१ को उद्धार

पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ।

रसुवागढी नाकाबाट २९ हजार पर्यटक भित्रिए

रसुवागढी नाका हुँदै १० महिनामा २९ हजारभन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। २०१९ जनवरीदेखि अक्टोबर अन्तिमसम्ममा २९ हजार तीन सय १३ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

किन घट्यो वीरगन्ज नाकाको राजश्व

मुलुकको प्रमुख भन्सार नाका भएर हुने ब्यपार सरकारी आँकलन अनुसार हुन सकेको छैन। आयातबाट असुलहुने राजश्व पनि लक्ष्य भन्दा निकै पछाडि परेको छ।

एकीकृत जाँच चौकी निर्माण सुस्त

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माण सुस्त छ । गत पुसदेखि निर्माण सुरु भएको भवन निर्माणको कामले गति लिन नसकेको हो ।

प्रहरीको ध्यान राजपुर बम काण्डमा भएकाे माैकामा तस्करी बढ्यो

नेपाल प्रहरीको ध्यान राजपुर बम काण्डतिर गएको बेला नेपाल भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण पश्चिम नाकामा तस्करी बढेको छ।

सीमा नाकाबाट पटका भित्रिदै

हिन्दूहरुको महानचाड दसैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन्।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुपाल्चोकवासी खुशी

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो।

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन्। भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।

एक वर्षमा सवा करोडको मुडा निर्यात

रसुवागढी नाकाबाट एक वर्षमा झण्डै सवा करोड मूल्यको ४९ हजारवटा बाँसको मुडा चीन निर्यात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका अनुसार गएको वर्ष ४९ हजार चार सय ५१ वटा मुडा चीन निर्यात भएको हो।

कोरला नाका सञ्चालनको तयारीले उत्साह

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहीत भएका छन्।

भित्री नाकाबाट निर्वाध रुपमा आउँछन् भारतीय मोटरसाइकल

खुल्ला सिमानाका कारण सीमा क्षेत्रमा अपराधका घटना बढिरहेका छन्। सहज रुपमा भारतीयले नेपाल प्रवेश पाउने भएकोले अपराधिक क्रियाकलाप पनि बढेको हो।

नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन

‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्