९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री ओलीलाई डा.भट्टराईको प्रश्न : यो कहाँको विधि र परम्परा हो?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

ओलीविरुद्ध डा.भट्टराईको पुनः आह्वान : यो भष्मासुर प्रवृत्ति हो, इतिहासबाट छिटो बिदा गरौं

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि एकपटक प्रधानमन्त्री ओलीको शैलीलाई भष्मासुरको संज्ञा दिँदै त्यसलाई इतिहासबाट छिटो बिदा गर्न आह्वान गरेका छन्।

संसद् विघटनपछि डा.भट्टराईको कटाक्ष: अब पनि ‘लम्पसार’ राजनीति गर्ने हो भने कमण्डलु बोकेर हरद्वारतिर लाग्नु वेश !

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब पनि नचेत्ने हो भने हिटलरको पुनरावृत्ति हुन सक्ने चेतावनी दिएका छन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई डा.भट्टराईले भने : तीन सदस्यीय ओली परिषद्

मंगलबार दिउँसो अध्यादेश जारी भएलगत्तै पूर्वप्रधानमन्त्री डा.भट्टराईले अर्काे विनाशकारी अध्यादेशअघि नै संसद् अधिवेशन बोलाउन अपिल पनि गरेका छन्।

डा.भट्टराईको आरोप : वाम खोल ओढेको दक्षिणपन्थी सरकार !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान नेकपाको सरकारलाई ‘वाम खोल ओढेको दक्षिणपन्थी सरकार’ भएको आरोप लगाएका छन्।

मृत्युअघि कमानसिंह लामाले लेखेको स्टाटसलाई गम्भीर ढंगले लिऊँ : डा.भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले जीवनको अन्तिम क्षणमा व्यक्त गरेको पीडालाई गम्भीर ढंगले लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ...’ भन्दा त ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिँदोरै’छः डा.भट्टराई

पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई प्रतिबद्धताअनुसार भ्रष्टाचार काण्ड छानबिन गर्न चुनौतीसमेत दिएका छन्।

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरू’लाई डा.भट्टराईकाे प्रश्न

राजतन्त्र माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीलाई कडा प्रश्न गरेका छन्।

नेकपाका नेतालाई डा.भट्टराईको प्रश्न : ‘कुलिङ’ कि ‘हिटिङ’?

नेकपाको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका बेला डा. भट्टराईले ‘नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’को कुरा गरेकाेआफूले बुझ्न नसकेकाे बताएका हुन्।

देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बनापूर्ण : डा.भट्टराई

शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको दिन आज मंसिर ५ गते सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर भइरहेको तस्बिर राख्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन्।

डा.भट्टराई भन्छन् : ओलीका यी भनाइचाहिँ विचारणीय छन्

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सचिवालय बैठकमा बोलेका केही कुरालाई ‘विचारणीय’ भनेका छन्।

वामदेवलाई मन्त्री बन्ने बाटो खुला गरिदिएकामा डा.भट्टराईको टिप्पणी: न्यायाधीशले संविधानका अक्षर मात्र हेरेछन्

सर्वाेच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने कानुनी बाटो खुला गरिदिएकामा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्।

हामीलाई कोरोना निको हुन समय लाग्ने देखियो: डा.भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण निको हुन अलि लामो समय लाग्ने देखिएको छ।

डा.भट्टराई भन्छन्: नेकपाभित्रको किचलो उसको आन्तरिक मामिला होला तर...

मुलुकका विभिन्न समस्याका विषयमा छलफल आवश्यक भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत संसद अधिवेशनको माग गरेका हुन्।

सरकारलाई डा.भट्टराईको पश्न: ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय किन गरेको?

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने सरकारको निर्णयप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीर आपत्ति प्रकट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्