२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वामदेवलाई मन्त्री बन्ने बाटो खुला गरिदिएकामा डा.भट्टराईको टिप्पणी: न्यायाधीशले संविधानका अक्षर मात्र हेरेछन्

सर्वाेच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने कानुनी बाटो खुला गरिदिएकामा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्। 

यो पनि पढ्नुहोस्

गौतमलाई बाटो खुल्यो

चुनाव हारेपछि पनि चोर बाटोबाट सांसद/मन्त्री बन्ने कुसंस्कार रोक्नकै लागि संविधानको धारा ७८ (४) बनाइएको उल्लेख गर्दै उनले न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नहेरेर त्यसको भाव बुझ्नुपर्ने सुझाव दिएका हुन्।  

‘चुनाव हारेपछि पनि चोर बाटोबाट सांसद/मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८ ९४० को व्यवस्था गरिएको हो। न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र हैन, त्यसको स्पिरिट पनि हेर्नुपर्छ,’ डा. भट्टराईले बिहीबार बिहान ट्विटरमा लेखेका छन्, ‘हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दै छैनौं?’

प्रकाशित: २७ कार्तिक २०७७ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App