९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

डा.भट्टराई भन्छन्: नेकपाभित्रको किचलो उसको आन्तरिक मामिला होला तर...

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्। 

मुलुकका विभिन्न समस्याका विषयमा छलफल आवश्यक भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत संसद अधिवेशनको माग गरेका हुन्।  

‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला, उसैले छिनोफानो गरोस्,’ डा. भट्टराईले केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, ‘तर सरकारको दुष्कर्म/अकर्म, आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कि–१. कोरोना २. अर्थतन्त्र ३.संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६.अन्य।’

यो पनि पढ्नुहोस्

दुई दिनभित्र सचिवालय बैठक राख्न बहुमत सदस्यको आग्रह, तर बोलेनन् ओली

प्रकाशित: २२ कार्तिक २०७७ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App