एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बुधवारको खेल जितेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेसलाई २ –० गोलले हराएको हो ।
पुलिसका लागि निर्मला उपाध्याय र मनिसा राउतले एक एक गोल गरेका हुन । यो जितसँगै ८ खेलबाट ५ जित र ३ बराबरीसंगै १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यसैगरी पराजित कर्णाली प्रदेसले ८ खेलबाट १ जित र १ बराबरीसंंगै ४ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ ।
आठौं चरणको खेल सकिदा एपीएफ क्लब २२ अंक बटुलेर पहिलो स्थानमा रहेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लब १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको १२ अंकका साथ वालिङ नगरपालिका चौथो तथा कोसी प्रदेश ११ पाएर पाँचौ स्थानमा रहेको छ । आठौं चरणको खेल सकिदा सम्म सुदूरपश्चिम प्रदेसले कुनै खेल नजिती ० अंकका साथ तालिकाको पुछारमा रहेको छ ।
प्रकाशित: ९ आश्विन २०८१ १८:५६ बुधबार