९ आश्विन २०८१ बुधबार
image/svg+xml

६ उदाहरण दिँदै डा.भट्टराईको प्रश्न : यस्तो सरकार किन चाहियो?

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नागरिकको समस्या सम्बोधन गर्न असक्षम रहेको आरोप लगाउँदै यस्तो सरकार किन चाहियो भनेर प्रश्न उठाएका छन्।

डा.भट्टराई ५ हजार मतले अगाडि, १० हजार गणना गर्न बाँकी

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्।

स्वदेशमै शल्यक्रिया गराएका डा.भट्टराईले उपचार खर्च राज्यबाट नलिने

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

डा.भट्टराईसँग नयाँ छलफल प्रारम्भ गर्ने दाहालको भनाइ

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा.भट्टराईको स्वास्थ्य अवस्था बुझ्न अपराह्न अस्पताल आएका नेता दाहालले भने, 'डा.भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ। अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ।'

निर्वाचन उपयोग गर्न राजपालाई डा.भट्टराई र यादबको सल्लाह

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले चुनाब बिथोल्ने निर्णयमा पुगेको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाललाई 'चुनाबको उपयोग' गर्न सल्लाह दिएको छ।

डा.भट्टराई र गच्छदार निर्वाचन आयोगमा

नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ। उक्त पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचन चिन्ह नपाएसम्म आफूहरु आन्दोलनमा जानुको विकल्प नरहेको जानकारी गराए।

माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः डा.भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई सत्तारुढ नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेका छन्। चुनाब चिन्ह नदिने निर्वाचन कानुनविरुद्ध संघर्षरत पार्टीका नेताले जनयुद्धका लडाकुलाई जेल हालेको भन्दै ट्विटरबाट आक्रोश पोखेका हुन्।

साना पार्टी एकीकरण गर्न डा.भट्टराई, यादब र गच्छदारबीच प्रतिस्पर्धा

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  संसद्मा प्रतिनिधित्व गरेका एकदुई सिटे साना दललाई आआफ्नो पार्टीमा मिलाउन होडबाजी सुरु गरेका छन्।

डा.भट्टराई, विप्लव र वैद्यकाे पार्टीद्वारा ज्यानमुद्दाका दोषीलाई अभिनन्दन

सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ–संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन्।

नयाँ शक्ति र फोरमबीच एकीकरण प्रयास जारी छ : डा.भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले उपेन्द्र यादब नेतृत्वको सङ्घीय समाजवादी फोरमसँग पार्टी एकताका लागि गम्भीर छलफल भइरहेको बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रममा रुकुम आएका उनी काठमाडौं फर्किने क्रममा यस्तो जानकारी दिएका हुन्।

स्थानीय निर्वाचन घोषणा उल्टो बाटो : डा.भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय तह चुनाव घोषणा गरेर सरकारले आफ्नो आयु मात्र लम्ब्याउन खोजेको आरोप लगाएका छन्।

सिके राउत रिहाई माग गर्दै डा.भट्टराईले दुई वर्ष अघि गरेको ट्विट भाइरल

नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले दुई वर्षअघि गरेको ट्विट बिहीबार सामाजिक सञ्जालमा भाइरल भएको छ। तराईमा बसेर राष्ट्र बिखण्डनका गतिविधि गरिरहेका राउतलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि धेरैले डा.भट्टराईको दुई वर्षअघिको ट्विटको आलोचना गरिरहेका छन्।

संविधान संशोधन जरूरी छः डा.भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् । नयाँ शक्ति जिल्ला कार्यसमिति लमजुङले बिहीबार बेसीशहरमा आयोजना गरेको ‘सम्वृद्धि संभव छ हाम्रै पालामा’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

मधेसलाई विश्वासमा लिनुपर्छः डा.भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाएका छन्।

पूर्वराजाले राष्ट्रियताको दुहाइ दिनु पाखण्डः डा.भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण भएको आरोप लगाएका छन्। पूर्व राजाको विज्ञप्तिप्रति ट्विटरबाट प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, 'शाह वंशले मात्र नेपाल आर्जेको, अरु गोरखाली सुतेको हो त?'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्