२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वराजाले राष्ट्रियताको दुहाइ दिनु पाखण्डः डा.भट्टराई

काठमाडौं— नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण भएको आरोप लगाएका छन्। पूर्व राजाको विज्ञप्तिप्रति ट्विटरबाट प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, 'शाह वंशले मात्र नेपाल आर्जेको, अरु गोरखाली सुतेको हो त?'

पूर्वराजाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी जस्ता शब्द भावको दुरुपयोग गरी नेपालीबीच  सामाजिक सद्भाव भड्काएर तराई, पहाड र हिमालबीचको ऐक्य भाव तोड्ने प्रयास भइरहेको बताएका थिए।

इतिहासमा क्रान्तिपछि राजालाई यसरी चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्कीदिने छुट कतै नरहेको भन्दै उनले भनेका छन्, 'ज्ञानेन्द्रलाई त्यो छुट कहिलेसम्म?'

पूर्वराजाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी जस्ता शब्द भावको दुरुपयोग गरी नेपालीबीच  सामाजिक सद्भाव भड्काएर तराई, पहाड र हिमालबीचको ऐक्य भाव तोड्ने प्रयास भइरहेको बताएका थिए।

माओवादी युद्धको पृष्ठभूमि भएका भट्टराई लगायतका नेताहरुले अाफ्ना अभिव्यक्तिमा क्रान्तिकारी, परिवर्तनकारी र बलिदानी शब्दको धेरै प्रयोग गर्ने गरेका छन्। पूर्वराजाले ती शब्द भावको दुरुपयोग गरी राष्ट्र कमजोर पारेको आरोप लगाएपछि डा.भट्टराईको कडा प्रतिक्रिया दिएका हुन्।

प्रकाशित: ७ पुस २०७३ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App