९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ शक्ति र फोरमबीच एकीकरण प्रयास जारी छ : डा.भट्टराई

फाइल तस्विर सौजन्यः उत्तमबाबु श्रेष्ठ

रुकुम—नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले उपेन्द्र यादब नेतृत्वको सङ्घीय समाजवादी फोरमसँग पार्टी एकताका लागि गम्भीर छलफल भइरहेको बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रममा रुकुम आएका उनी काठमाडौं फर्किने क्रममा यस्तो जानकारी दिएका हुन्।

'नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीच एकता गर्नेबारे गम्भीर छलफल भइरहेको छ। छिट्टै टुङ्गोमा पुग्छौं', उनले भने।

'नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीच एकता गर्नेबारे गम्भीर छलफल भइरहेको छ। छिट्टै टुङ्गोमा पुग्छौं', उनले भने।

संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी उनको थियो। संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उनले बताए।

भट्टराईले काठमाडौँ जानुअघि सोमबार सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए। अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने कुरामा जोड दिए। 

विमानस्थलमा बोल्दै डा.भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको र संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने उल्लेख गरे। 

शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उनको भनाइ थियो। नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेन्डामार्फत अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए। 

 

प्रकाशित: १६ फाल्गुन २०७३ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App