२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

मृत्युअघि कमानसिंह लामाले लेखेको स्टाटसलाई गम्भीर ढंगले लिऊँ : डा.भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले जीवनको अन्तिम क्षणमा व्यक्त गरेको पीडालाई गम्भीर ढंगले लिनुपर्ने बताएका छन्।

यो पनि पढ्नुहोस्

निधनअघि पत्नीलाई पूर्वराजदूत कमानसिंह लामाको हृदयविदारक पत्र : म मरेँ भने काजक्रियामा सामेल नहुनू !

मृत्युको केही दिनअघि अस्पतालको शय्याबाट लामाले पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेको पत्रलाई पूर्वप्रधानमन्त्री भट्टराईले आदर्श र मूल्य/मान्यताको राजनीति गर्ने सबैलाई गम्भीर ढंगले लिन आग्रह गरेका हुन्।  

उनले भनेका छन्, ‘बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई सबैले चिनौं !’ 

कोरोना संक्रमणका कारण ६९ वर्षीय लामाको बुधबार राति ११ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। 

प्रेसर, सुगर, मिर्गाैलासम्बन्धी समस्याले समेत पीडित लामाले केही दिनअघि अस्पतालमा छटपटाइरहेका बेला पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा निकै पीडादायी पत्र लेखेको पाइएको हो।  

प्रकाशित: २६ मंसिर २०७७ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App