९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीलाई डा.भट्टराईको प्रश्न : यो कहाँको विधि र परम्परा हो?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।  

संसद् विघटनपछि शुक्रबार साँझ मन्त्रिमण्डल विस्तार गरेका प्रधानमन्त्री ओलीलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो कहाँको विधि र पम्परा हो भनेर प्रश्न गरेका हुन्।  

‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने,’ डा. भट्टराईले ट्विटरमार्फत प्रश्न गरेका छन्, ‘यो कहाँको विधि र परम्परा हो?’

उनले अगाडि लेखेका छन्, ‘सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान/लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’

प्रकाशित: ११ पुस २०७७ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App