९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

हामीलाई कोरोना निको हुन समय लाग्ने देखियो: डा.भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण निको हुन अलि लामो समय लाग्ने देखिएको छ।

गत ८ गते सामाजिक सञ्जालमार्फत आफू र श्रीमती दुवैमा कोरोना पुष्टि भएको जानकारी दिएका डा.भट्टराईले आज (आइतबार) सामाजिक सञ्जालमार्फत नै आफूहरू अझै भाइरसबाट मुक्त नभएको जानकारी दिएका हुन्।

यो पनि पढ्नुहोस्

डा. बाबुराम भट्टराईकाे जाेडीलाई नै कोरोना संक्रमण

‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै,’ दम्पतीको सेल्फी तस्बिरसहित डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘लडाइँ केही लामै होला जस्तो पो छ त!’      

यसको अर्थ उनीहरूको दोस्रो पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको हो। 

प्रकाशित: २३ कार्तिक २०७७ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App