२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

१ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ

लुकीछुपी जुवा खेल्दै गरेको अवस्थामा कोहलपुर प्रहरीले बुधबार दश जुवाडेलाई पक्राउ गरेको छ। नौबस्ता ९ डिकियाबाट जुवाडेसहित रकमसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार १० जुवाडेबाट १ लाख बराबर रकम नियन्त्रणमा लिएको छ ।

वन समितिका ३ सदस्य पक्राउ

जिल्ला वन कार्यालयले सामुदायिक वनबाट इजाजतबिनै सखुवाका काठ–दाउरा संकलन गरेको आरोपमा ३ महिलालाई पक्राउ गरेको छ। जिल्लाको सोयाक गाविस–९ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समिति सदस्यहरू डम्बरकुमारी बस्नेत, दुर्गा धिताल र शर्मिला नेम्बाङ पक्राउ परेको कार्यालयले जनाएको छ ।

चक्कु देखाई प्रत्येक गाडीसँग पैसा माग्ने पक्राउ

बिदुर नगरपालिका–२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका सोही ठाउँ बस्ने २२ वर्षीया राजेश कामी र २८ वर्षीय सम्राट कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी हेडक्वार्टर छेउबाटै २६ लाख सहित १६ जुवाडे पक्राउ

काठमाडौं- प्रहरीले प्रहरी प्रधान कार्यालय नजिक रहेको एउटा होटलबाट करिब २६ लाख रुपैयाँ नगद र सुनका गरगहना सहित १६ जना जुवाडेलाई सोमबार राति पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीले नक्साल भगवती बहालमा रहेको होटल गणपतीमा छापा मारेर ठूलो परिमाणमा रकम र जुवाडेलाई पक्रेको हो।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेर फरार आले पक्राउ

काठमाडौँ- ठगी मुद्दामामा अदालतबाट सजायँ फैसला भए पनि फरार रिता आलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतको २०६५ भदौ ४ गतेको फैसलाले २ बर्ष कैद र ४५ लाख १ हजार ५ सय जरीवाना ठहर गरेको थियो।

पक्राउ पृथ्वीनारायण बोखिमको सम्वन्ध हाराहाङ सशस्त्र सूमुहसँग पनि

ताप्लेजुङ- नेपाल प्रहरीको बिशेष व्युरोद्वारा सोमवार पक्राउ परेका मंगोल मुलवासी राष्ट्रिय फोर्सका एक सदस्य पूर्वी नेपालमा सशस्त्र गतिविधी सञ्चालन गर्दै आएको ‘हाराहाङ’ समूहका ४ फरार अभियुक्त मध्ये सबैभन्दा उच्च तहका कार्यकर्ता रहेको खुलेको छ।

मंगोलियन फोर्सका ५ युवा हतियारसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय रोल्पाले राष्ट्रिय मुलबासी मंगोलियन फोर्स नेपाल नामक सशस्त्र जातीय संगठनका ५ युवालाई हतियार पक्राउ गरी सार्वजनिक गरेको छ। जातीय सवाल उठाउँदै सशस्त्र गतिविधि गरी आएको उक्त संगठनका युवालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

दोहोरो सुविधा लिएको आरोपमा पूर्व कर्मचारी पक्राउ

उदयपुर- दोहोरो सुविधा लिएको आरोपमा उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका एक पूर्व कर्मचारीविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

हतियारधारी नयाँ समूह पक्राउ

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उद्घोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। हातहतियारसहित मंगोल मूलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता पक्राउ परेपछि पार्टीका नाममा देशभर हुन सक्ने आतंककारी गतिविधि रोकिएको प्रहरीले दाबी गरेको छ।

हल्याण्डकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

महिलासहित ६ जुवाडे पक्राउ

जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार नेपालगन्जमा महिलासहित ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ देवाफुलबारीस्थित सिद्धान्त गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगन्जले दिउँसो छापा मारेर पक्राउ गरेको हो।

हेरोइन सहित एक पक्राउ

जुम्लामा सेतो र खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। चन्दननाथ नगरपालिका–७ जुगाडखोला नजिकैबाट तातोपानी ४ का २४ वर्षीय सुरेन्द्र बुढा पक्राउ परेका हुन्।

बन्दुक बनाउँदै गरेका सापकोटा पक्राउ

ताप्लेजुङ- ताप्लेजुङ प्रहरीले पश्चिमी क्षेत्रको सावादिन गाँउ विकास समितिबाट भरुवा बन्दुक बनाई रहेको अवस्थामा एकथान भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

राजधानीका विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

प्रहरीले असोज ४ गते उपत्यकाका नौ बिद्यालयमा बम राख्ने संगठनका मुख्य योजनाकारलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले माओवादी कम्युनिष्ट केन्द्रका महासचिव महासचिव केशव दाहाल उर्फ प्रकाश तथा विद्यार्थी संगठनका मीन देवकोटा भन्ने विनोद थापालाई पक्राउ गरेको छ। उनीहरु विद्यालय बम विस्फोट काण्डका योजनाकार हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्