२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हाडनाता करणी आरोपमा प्रधानाध्यापक पक्राउ

एक प्रधानाध्यापक हाडनाता करणी आरोपमा पक्राउ परेका छन्। जिल्लाका पहाडी गाविस जाँते-८ स्थित महेन्द्रज्योति प्रावि हिम्माका प्रअ खड्गबहादुर कार्की (बाबुराम) आफ्नै कार्की पर्ने महिलामाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन्।

लागुऔषधसहित राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ

राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहयोगी २५ वर्षीय सुरज विष्टलाई १८ वटा एम्पल ड्रगसहित हिजो  पक्राउ गरेको हो।

विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेता पक्राउ

भारतबाट ल्याएर लुकाई राखेको रक्तचन्दनसहित ठूलो परिमाणमा अवैध विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेतालाई प्रहरीले धरानबाट पक्राउ परेको छ। संखुवासभाको चेपुवा गाविस– ६ स्थायी घर भएका ३८ वर्षीय ङिमा अन्दी भोटेलाई प्रहरीले मंगलबार राति विष्फोटक पदार्थसहित पक्राउ गरेको हो। उनी धरान १५ मा बसोबास गरिरहे पनि विष्फोटक पदार्थ भने धरान ६ स्थित दुर्गा रिजालको घरमा भाडामा लिएको कोठाबाट प्रहरीले बरामद गरेको हो।

अख्तियारका सुराकी ठगीमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि सुराकीको काम गर्दै आएका एकजना सर्वसाधारणबाट करौडौं ठगेको आरोपमा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी आरोपमा फरार रहेका वीरगञ्ज–१३ का मुञ्चुनप्रसाद बर्मालाई मंगलबार पक्रेको हो ।

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- रुस हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

३२ वर्ष पछि बलत्कारी पक्राउ

जाजरकोट- ३२ बर्षा अघि जिल्ला अदालत जाजरकोटले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजायँको फैसला सुनाएका व्यक्ति ३२ वर्ष पछि पक्राउ परेका छन्।

फरार राजु घले १५ वर्षपछि पक्राउ

ठमेलको जुली–५४ डिस्कोमा भएको हत्या घटनाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आरोपी राजु घलेलाई असोज १६ गते पक्राउ गरेको हो ।

अलकायदाको कमाण्डर भन्दै रकम असुल्ने बेल्वासे पक्राउ

भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भई हाल काठमाडौँ, मनमैँजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको हो।

नक्कली साँचो बनाई गाडी लैजाने पक्राउ

विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नोट छाप्ने दुईजना पक्राउ

-नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

चरेस र राइफलको गोलीसहित एक जना पक्राउ

रौतहटको सन्तपुरबाट चरेस र राइफलको गोलीसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले ना३३प ७३५० नम्बरको मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा भसेरवा-६ का ४८ वर्षीय भुपेन्द्र महतो रहेको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिए।

श्रीमतीको हत्या भएपछि श्रीमान पक्राउ

उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

श्रीमतीको हत्या आरोपमा नायक पक्राउ

मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्