२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

महिलासहित ६ जुवाडे पक्राउ

नेपालगन्ज– जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार नेपालगन्जमा महिलासहित ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ देवाफुलबारीस्थित सिद्धान्त गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगन्जले दिउँसो छापा मारेर पक्राउ गरेको हो।

पक्राउ पर्नेमा देवाफुलबारी बस्ने ३५ वर्षीय एतुन सल्मानी, ३२ वर्षीय प्रभाकर शाक्य, २६ वर्षीय पदम श्रेष्ठ, ३२ वर्षका अर्जुन कालिदास, २६ वर्षीय सिद्धान्त गुरुङ र ५० वर्षीया रानु थापा रहेको वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिए। उनीहरुको साथबाट नगद ७ हजार ६ सय ४० रुपैयाँ बरामद गरिएको चन्दले बताए।

पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालयमै राखिएको बताइएको छ। जुवातासविरुद्ध बाँके प्रहरीले विशेष अप्रेशन सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित: ६ कार्तिक २०७३ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App