१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बिबिसीसँगको राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित

विवादित यौन अपराधीबारे बिबिसीसँगको योर्कका ड्युक भनिने राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित बनेको छ।

एक वर्षभित्र विमानस्थलको स्वरुपनै फेरेर देखाउँछु- राजकुमार क्षेत्री

आफूले जागिर खाएको संस्थाको सबैभन्दा ठूलो पदमा पुग्ने। यसअघि पनि विमानस्थलमा कर्पोरेट प्रमुख भएर मैले १० वर्ष काम गरिसकेको थिए। अलिकति बेथिति हो कि, गर्नुपर्ने कुरा गरेनौं कि भन्नेचाहिं मलाई सधैं लाग्थ्यो।

राजकुमार ह्यारी र मेगनलाई बधाईको ओइरो

ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको पहिलो सन्तानको रूपमा छोराको जन्म भएपछि शाही दम्पतिलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ। राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन्। बच्चाको जन्म स्थानीय समय अनुसार सोमवार साँझ ५ बजेर २६ मिनेटमा भएको हो। केन्सिङ्गटन प्यालेसले ड्युक र ड्चेज अफ क्याम्ब्रिज खुशी भएको र बच्चालाई भेट्न लालायित भएको बताएको छ।

सिरहाबाट सिनियर डिभिजनल इन्जिनयर गोइत पक्राउ

पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम सिरहा स्थित सरकारी निवासबाटै उनलाई प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला प्रहरी कार्यालय पठाएको छ।

समाजमै समर्पित

अचेल सरकारी जागिर खान मान्छे मरिहत्ते गर्छन्। उनी सरकारी जागिरे नै थिए। घर–परिवारमा खाना लगाउन गाह्रो थिएन। अन्ततः उनले सरकारी जागिर छाडे। आफ्नै घर फर्किए। त्यसपछि घरको जिम्मेवारीसँगै समाजसेवामा समर्पित भए।

युट्युबका नाममा फैलदै विकृति

गत वर्ष अश्लील संवाद र द्विअर्थी प्रश्नसहितको कार्यक्रम प्रसारण गरेको आरोपमा प्रहरीले ‘मस्ती टक टाइम’ नामक युट्युब च्यानलका सञ्चालकसहित तीनलाई पक्राउ ग-यो। अश्लीलता झल्कने अन्तर्वार्ता युट्युब च्यानलबाट प्रसारण गरेकाले च्यानल सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वाता दिने मोडल हेटौंडाकी परी तामाङलाई साईबर अपराधअन्तर्गत प्रहरीले मुद्दा चलायो।

विमानस्थलका महाप्रबन्धकसँग स्पष्टीकरण

राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू भएको अवस्थामा मंगलबार १०ः१७ बजे फ्लाई दुबईलाई अनुमति दिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग स्पष्टीकरण लिइएको छ। उनले २४ घन्टे स्पष्टीकरणको जवाफ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएका छन्।

रौनियारलाई नहटाउन अन्तरिम आदेश

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

प्रतिष्ठान उपकुलपतिविहीन, रौनियार अदालत जाने

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान नेतृत्वविहीन भएको छ। सरकारले उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गरेपछि सो पदको जिम्मेवारी कसैलाई दिएको छैन। उपकुलपति पद खाली हुँदा स्वतः दोस्रो वरियताका शिक्षाध्यक्षले जिम्मेवारी पाउने कानुनी व्यवस्था भए पनि शिक्षाध्यक्ष डा. गुरु खनाललाई यससम्बन्धी औपचारिक पत्र दिइएको छैन।

उपकुलपति रौनियार बर्खास्त

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन्। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको निर्णय सदर गरेपछि रौनियार पदमुक्त भएका हुन्।

बिपीका उपकुलपतिविरुद्ध अख्तियारमा सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले अनियमितता तथा घोटाला गरेको भन्ने विषयमा छानविन तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा पठाएको छ।

सिनेटको निर्णय अलपत्र

दस दिनअघि ४२ औं विशेष सिनेट बैठकले उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान झन् अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा फागुन १७ गते बसेको विशेष सिनेट बैठकले उपकुलपति डा. रौनियारलाई बर्खास्तको निर्णय गरेको थियो।

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच भेटवार्ता

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गरेका छन्। पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा परेका युवराज सलमानले दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने क्रममा चीन आइपुगेका हुन्। उनी बिहीबार चीनको राजधानी बेइजिङ आइपुगेकाे समाचारमा जनाइएको छ। यसअघि उनले पाकिस्तान र भारतको भ्रमण गरिसकेका छन्।

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरेको छ। साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ। खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्