माल्भिकाले ल्याइन् ‘बुनेको: कश्मीरी टेल्स’
माल्भिका अग्रवालले ‘बुनेको: कश्मीरी टेल्स’ अनलाइन फेसन सप सञ्चालनमा ल्याएकी छन्। बुधबार एक समारोहमार्फत उनले ‘बुनेको: कश्मीरी टेल्स’ को ग्राण्ड ओपनिङ गरेकी हुन्।
माल्भिका अग्रवालले ‘बुनेको: कश्मीरी टेल्स’ अनलाइन फेसन सप सञ्चालनमा ल्याएकी छन्। बुधबार एक समारोहमार्फत उनले ‘बुनेको: कश्मीरी टेल्स’ को ग्राण्ड ओपनिङ गरेकी हुन्।
भारत-प्रशासित कश्मीरमा भारतीय सेनासँगको भिडन्तमा चरमपन्थी समूह हिजबुल मुजाहिद्दिनका प्रमुख कमान्डर सैफुल्लाह मिरको मृत्यु भएको छ।
पुलवामा जिल्लाको पम्पोरमा आतंककारीको समूहले हमला गर्दा भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) का २ सुरक्षाकर्मीको मृत्यु भएको हो।
भारतले बेलायती सांसदलाई विमानस्थलमा रोकेको छ। लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई भिसा दद्ध भएको भन्दै दिल्ली विमानस्थलमा रोक लगाएको हो।
गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शोकमा डुबेको छ। बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन। जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिडन्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवारमा भावबिह्वल भएको छ।
बेलायत र चीनले समेत भारतले हस्तक्षेप गरेको जग्गा नेपालकै हो भनेकाले सरकारलाई भारतसित दह्रो भएर कुरा गर्न सहज वातावरण बनेको छ।
भारतले औपचारिक रूपमै बिहीबार विवादित जम्मु र कश्मीरलाई दुई संघीय भूभागमा विभाजन गर्दैछ। विगत तीन महिनादेखि सुरक्षा व्यवस्था कडा बनाइएको यो क्षेत्रमा नयाँ दिल्लीले आफ्नो पकड थप मजबुत बनाउने उद्देश्यले जम्मु र कश्मीरलाई दुई प्रान्तमा विभाजन गर्न लागेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
जम्मू कश्मीरको विशेष मान्यता खारेज गरेपछि पहिलो पटक युरोपका २७ सांसदको प्रतिनिधिमण्डल कश्मीरको स्थलगत अवलोकनका लागि जाँदैछ।
मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले कश्मीर मुद्दामा आफूहरुको अडान यथावत रहेको बताएका छन्। महाथीरले संयुक्त राष्ट्रसंघको महासभामा भारतले कश्मीरलाई कब्जामा लिएर अन्याय गरेको बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो।
भारत प्रशासित जम्मु कश्मीरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा सुरु गरिएको छ। अवरूद्ध गरिएको ७२ दिनपछि पोस्टपेड मोबाइल सेवा पुनः सुरु भएको हो। जम्मु कश्मीरका मुख्यसचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि कश्मीरका सबै १० वटै जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन भएको जानकारी दिएका छन्। सुरक्षा स्थितिको मूल्यांकनपछि जम्मु कश्मीरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको पनि उनले जानकारी दिएका छन्।
भारतको प्रशासित क्षेत्र जम्मू–कश्मीरमा संविधानबाट अनुच्छेद(धारा) ३७० हटाएपछि पहिलोपटक चुनाव गरिने भएको छ जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक स्थानीय चुनाव हुँने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
कश्मीरका दिग्गज सांसद एवं पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाह पक्राउ परेको विषयले भारतमा चर्को बहस निम्त्याएको छ ।विवादास्पद एउटा कानुनका आधारमा पूर्वमुख्यमन्त्री अब्दुल्लाह पक्राउ परेको भन्दै भारतभर आक्रोश पैदा भएको बिबिसीले उल्लेख गरेको छ ।
यसअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि कश्मीरलाई भारतीय भूभाग बनाउने अबको एजेण्डा भएको बताएका थिए।
भारतीय सेनाले जम्मु कश्मीरको नौसेर क्षेत्रको गाउँमा सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ। स्वयमसेवकको रूपमा काम गर्ने गरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्।
भारतको संविधानमा भएको विशेष व्यवस्था खारेज भएपछि कश्मीरमा करिब चार हजार व्यक्ति पक्राउ परेका छन्। भारत प्रशासित कश्मीरलाई दिइँदै आएको विशेष व्यवस्था खारेज गर्ने सरकारी निर्णयपछि प्रशासनले पहिलो पटक तथ्यांक सार्वजनिक गर्दै पक्राउ परेका व्यक्तिका बारेमा बोलेको हो।