६ वैशाख २०८१ बिहीबार

भजन प्रतियोगितामा सयपत्री प्रथम

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समिति (ज्येष्ठ नागरिक मिलन केन्द्र) ले आयोजना गरेको भजनकिर्तन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ।

घुम्दै, घुमाउँदै...

तिहारको दिन थियो। तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे।

रैथाने बालीसँगै परिकार प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताए।

जुम्लामा स्थानीय सयपत्री फूलका माला बेच्दै

तिहारको भाइटिका आउन दुई दिन बाँकी छ।त्यसैले सयपत्री फूलको माला बेच्न किसानलाई यति बेला भ्याइ नभ्याइ छ।किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन्। उनीहरूले आफ्ना उत्पादनलाई बजारमा समेत पुर्‍याइसकेका छन्।

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ। तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो।

तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरूको भीड

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ।तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री वितरण उल्लेख्य रहेको छ । विशेष गरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ।

पोखरामा सयपत्री फूलको थुंगाको मूल्य ५ रुपैयाँ (फोटोसहित)

पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाको पनि दररेट तोकेको छ। महानगरले तोकेको दररेट अनुसार तिहारे फूल अर्थात सयपत्री फूलको १५ देखी २० ग्रामको एक थुंगालाई ५ रुपैयाँ तोकिएको छ भने १० देखी १५ ग्राम तौल भएको एक थुंगाको मूल्य ४ रुपैयाँ र ५ देखी १० ग्रामको थुंगाको २ रुपैयाँ तोकिएको छ।

पहिलोपटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’

नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्।

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ। न्जिकिंदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो।

सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ

नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ। तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ।

सयपत्री बेचेर नौ लाख आम्दानी

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ। शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन्।

चितवनमा तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण

व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै यहाँका किसानहरुले आज(सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मालाको मूल्य सार्वजनिक गरेका हुन्।

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्