१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भजन प्रतियोगितामा सयपत्री प्रथम

फाइल तस्बिर

विराटनगर– ११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति (ज्येष्ठ नागरिक मिलन केन्द्र) ले आयोजना गरेको भजनकिर्तन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ। शनिबार आयोजित वडास्तरीय प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको हो।

प्रथम भएको समूहले पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै मानव धर्म दुर्गा मन्दिर दोस्रो हुँदै तीन हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ।

यस्तै शुभलक्ष्मी भजन किर्तन समूहले तेस्रो स्थान हासिल गरी दुई हजार नगद, चोथो हुने बिहानीपथ भजनकिर्तन समूहले एक हजार र पाँचौं हुने लक्ष्मीनारायण भजन किर्तन समूहले एक हजार रूपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०८० ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App